खेलकुद

केन्याका धावकलाई पाेखरा म्याराथनकाे उपाधि

इकागज |
फागुन ७, २०७८ शनिबार ११:२ बजे

पाेखरा - पाेखरा म्याराथनकाे उपाधि केन्याका धावक स्टेफेन काेस्गेइले जितेका छन् । शनिबार पाेखरा रंगशालाबाट सुरु भएकाे दाैडमा उनले निर्धारित दूरी ४२.१९५ किमी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।

दाेस्राे स्थानमा पनि केन्याका धावक सिमाेन किप्लागट आएका छन् । उनले उक्त दूरी २ घण्टा २१ मिनेट ३ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल पुलिसका माेहनदेव जाेशीले २ घण्टा ३३ मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।


शनिबार नै भएकाे महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पचाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी बृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै दाेस्राे भइन् । जुम्लाकी राममाया बुढा तस्राे बनिन् । उनले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पूरा गरिन् ।

पाेखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय सिमाेनले २ लाख र तृतीय माेहनले १ लाख रुपैयाँ पाएका छन् । यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख, द्वितीय बृन्दाले ७५ हजार तृतिय राममायाले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।


Author

थप समाचार
x