खेलकुद

टी-ट्‍वान्टीमा शतक बनाउने कुशल तेस्रो नेपाली खेलाडी

इकागज |
फागुन ७, २०७८ शनिबार १३:११ बजे

काठमाडौं– कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध शतक पुरा गरेका छन् । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् ।

कुशलले ६१ बलमा १०४ रन बनाए । उनले १३ चौका हिर्काए । भुर्तेलले १ बल बाउन्ड्री पार गराए । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर नेपालले ब्याटिङ थालेको थियो । 


कुशलको टी–ट्वान्टीमा पहिलो शतक हो । कुशल नेपालबाट टी–ट्वान्टीमा शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रन तथा पारस खड्काले ५२ बलमा १ सय ६ रन बनाएका थिए ।

नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेलालले २० ओभरमा तीन विकेट गुमाएर २१८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रन बनाएर अभिजित रहे । दिपेन्द्र सिंह ऐरीले ८६ रन बनाए ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो । प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् 


Author

थप समाचार
x