अस्ट्रेलियाविरुध्द भारतः जसप्रित बुमराह अन्तिम टेस्टका लागि तयार होलान् ?
काठमाडौं: भारतीय क्रिकेट टिमका महत्वपूर्ण बलर जसप्रित बुमराहले अस्ट्रेलियाविरुद्धको चौंथौं टेस्ट खेल्ने/नखेल्ने शुक्रबार मात्रै पक्का हुने भएको छ । भारतीय टिमका ब्याटिङ प्रशिक्षक विक्रम राठौरले तेस्रो टेस्टको चौंथौं दिन घाइते भएका बुमहराहका बारेमा शुक्रबार बिहान मात्रै निर्णय लिइने बताए ।
‘मेडिकल टिमले बुमराहको चोटलाई नजिकबाट नियालिरहको छ । अहिले नै केही निर्णय लिने बेला भइसकेको छैन । मेडिकल टिमले शुक्रबार बिहान मात्रै आफ्नो निर्णय दिनेछ । बुमहराहले ब्रिसबेनको टेस्ट खेल्ने नखेल्ने त्यसपछि मात्रै थाहा हुन्छ,’ राठौरले भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै भने । उता भारतीय अखबार हिन्दुस्तान टाइम्सले बुमहराहले निर्णयक टेस्टमा भाग लिने सम्भावना बलियो भएको लेखेको छ ।
बुमराह पचास प्रतिशत मात्रै फिट भए पनि उनको उपयोग गरिने सो अखबारले अनुमान गरेको छ । अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय टिमले मोहम्मद शामी, उमेश यादव जस्ता महत्वपूर्ण खेलाडीलाई चोटका कारण गुमाइसकेको छ । त्यसकारण पनि घरेलु टिमका विरुद्ध १–१ को बराबरीमा रहेको टेस्ट श्रृङ्खलाको अन्तिम खेलमा बुमराहको उपस्थिति महत्वपूर्ण रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया