खेलकुद

खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी

इकागज |
फागुन १०, २०७८ मंगलबार १२:४ बजे

भक्तपुर- भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् । 

सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झन्डा मात्रै बाँंकी छन् । 


मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झन्डा चोरी भएका हुन् । झन्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ । 

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न राखिएका नेपालको राष्ट्रिय झन्डा चोरी हुनु दुःखद भएको बताए । झन्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ । 

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइराखेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ । 
 


Author

थप समाचार
x