खेलकुद

सुखद अन्त्यको लक्ष्यमा च्यासल

इकागज |
फागुन १२, २०७८ बिहीबार ९:४४ बजे

फाइल फाेटाे

काठमाडौँ- च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नव प्रवेशी सातदोबाटो युथ क्लबको सामना गर्दा च्यासल आफ्नो यात्राको सुखद अन्त्य गर्न चाहन्छ । 

शीर्ष डिभिजनमा बढुवा भएको तेस्रो सिजनमा च्यासल ‘बी’ डिभिजनमा घटुवा भएको हो । २०७५ र २०७६ सालको लिगमा नवौ स्थानमा रहेको च्यासल यस पटक भने तालिकाको १४औं स्थानमा रहेसँगै रेलिगेशनमा परिसकेको छ ।


त्यसैले सातदोबाटोविरुद्धको खेल च्यासलका लागि ‘ए’ डिभिजन यात्राको सुखद अन्त्य गर्ने सुनौलो अवसर हो । गत शनिबार रेलिगेशनकै संकटमा रहेको फ्रेन्डस क्लबलाई २-१ को नतिजा सुम्पिएपछि च्यासल घटुवामा परेको थियो ।

यता ‘ए’ डिभिजनमा आफ्नो डेब्यु सिजनमै जायन्टकिल्लरको रुपमा उदाएको सातदोबाटो पनि सुखद अन्त्यको चाहानामा छ । 

फ्रेन्डसविरुद्ध बराबरी खेल्दै सिजनको सुरवात गरेको सातदोबाटोले त्यसयता थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी युथ क्कब र नेपाल पुलिस क्लबलाई हारको स्वाद चखाइसकेको छ । 

सातदोबाटो १२ खेलमा १८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पहिलो सिजनमै राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य लिएको सातदोबाटो च्यासलविरुद्ध तीन अंक जोडे न्युरोड टिम (एनआरटी)लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने छ । 

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्दा फ्रेन्डस भने पछिल्ला तीन खेलमा कायम अपराजित यात्राको निरन्तरताका साथ लिगमा सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

सातदोबाटोसँग बराबरी खेल्दै सिजनको सुरवात गरेको फ्रेन्डस नवौ चरण सम्म भने रेलिगेशनको मुख्य दाबेदार टोली थियो । 

तर फ्रेन्डसले दशौं चरणमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध हात पारेको जितले रेलिगेशन जोगाउने सम्भावना ब्युँताएको थियो । 

११औं चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँडेको फ्रेन्डसले शनिबार च्यासललाई हराउँदै ‘ए’ डिभिजन हैसियत कायम राख्न सफल भएको थियो ।


Author

थप समाचार
x