खेलकुद

लाबुसानेको शतकमा अष्ट्रेलिया बलियो स्थितिमा

इकागज |
माघ ३, २०७७ शनिबार ७:३४ बजे

ब्रिसबेन : भारतसँगको चौथो तथा निर्णायक टेस्ट क्रिकेटमा अष्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । स्टिभ स्मिथ सस्तैमा आउट भए पनि मार्नस लाबुसानेले शानदार शतक बनाए पछि अष्ट्रेलिया बलियो अवस्थामा पुगेको हो ।

टस जितेर व्याटिङ थालेको अष्ट्रेलियाले पहिलो दिन ५ विकेट गुमाएर २ सय ४७ रन बनाउँदा लाबुसानेले धेरैपटक जीवनदान पाएर शतक हानेका थिए । २ सय ८ बलको सामना गरेका लाबुसानेले १ सय ८ रन बनाएका हुन् ।


९ चौका हानेका लाबुसानेलाई ब्यु बलर नटराजनले रिषभ पन्तको हातबाट क्याच आउट गराए । त्यसअघि स्मिथ ३६ रनमै वाशिङ्टन सुन्दरको बलमा रोहित शर्माबाट क्याच आउट भएका थिए । 

यस्तै कप्तान टिम पेनले ५० रन बनाउँदा म्याथ्यु वाडेले ४५ र क्यामरन ग्रीनले ४७ रन बनाए । भारतका शार्दुल ठाकुरले ३ तथा सुन्दर र नटराजनले समान दुई विकेट लिए । दोस्रो दिनको पहिलो सेसनमै ३०० रन कटाएको अष्ट्रेलिया ४०० रन बनाउने लक्ष्यतर्फ अघि बढेको छ । (इसपिएनक्रिकइन्फोको सहयोगमा)


Author

थप समाचार
x