खेलकुद

नेयमार भन्छन्- ‘मलाई फुटबलबाट सन्यास लिन मन थियो’

इकागज |
माघ ४, २०७७ आइतबार ११:३५ बजे

काठमाडौं : ब्राजिलका स्टार फरवार्ड नेयमारले आफुलाई कुनै बेला 'फुटबल खेल्न छाडौं' भन्‍ने लागेको बताएका छन् । आफुले व्यवसायिक खेल करिअरका दौरान धेरै आलोचनाको सामना गर्नुपरेको र कतिपय आलोचनाका कारण फुटबल नै त्याग्‍ने सोच आएको बताएका हुन् ।   

‘मेरो फुटबलसँगको प्रेममा कहिले पनि कम भएको छैन तर करिअरमा धेरै क्षणहरू त्यस्ता आए जतिबेला मलाई खेल्नै छाडिदिउ जस्तो लागेको थियो, जब मैले खेलेको मन पराइदैन भने म किन खेलिरहुँ जस्तो अनुभुति हुन्थ्यो,’ नेयमारले गाफेर नामक म्यागजिनलाई दिएको अन्तवार्तामा भनेका छन्,‘खेलपछि घर पुग्दा सधैँ रिसले चुर भएको हुन्थेँ, आफुले विश्व फुटबलमा गनिन गरेको मेहेनत सम्झिन्थेँ अनि दिमाग ठण्डा बनाउँथेँ ।’


हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका नेयमार विश्वकै महंगो स्थान्तरणमा बार्सिलोना छाडेका थिए । सन् २०१७ मा दुई सय २२ मिलियन बराबरको सरुवा रकम तिरेर पीएसजीले पेरिस ल्याएको नेयमार मैदान र मैदान बाहिरको व्यवहारका कारण आलोचित हुँदै आएका छन् । 

‘फुटबलप्रतिको मायाले मलाई आजको स्तरमा ल्याएको हो, मैले खेलाडीका रुपमा धेरै सफलता हासिल गरेको छु, सान्तोस, बार्सिलोना र अहिले पीएसजीबाट खेल्न पाए, उपाधि जित्न पाए, त्यस अर्थमा म आफुलाई भाग्यमानी पनि सम्झन्छु’, नेयमार भन्छन् । 

ब्राजिल राष्ट्रिय टीम तथा पीएसजीको नम्बर १० जर्सीले आफुलाई कुनै दबाब सिर्जना नगर्ने र आफु आफ्नो टिमका लागि सधैँ राम्रो खेल्न प्रयत्न गरिरहने पनि बताए । ‘म प्रति सर्मथकहरूको अपेक्षा रहन्छ, त्यसमा म सचेत छु  र सधैँ आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गर्छु’, नेयमारले थपे ।

नेयमारले जारी फ्रेन्च लिग वान सिजनमा सात खेलमा तीन गोल र चार असिस्टको योगदान गरेका छन् । शनिबार लिगमा एन्जर्सविरद्धको १–० को जितमा नेयमारले पुरै समय मैदानमा बिताएका थिए । 


Author

थप समाचार
x