प्रिमियर लिगको शीर्षस्थान र सगरमाथाकाे शिखर उस्तै : सोल्स्यार
काठमाडौं : म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले प्रिमियर लिगमा आफ्नो क्लबको प्रदर्शन र यात्रालाई सगरमाथा आरोहणसँग तुलना गरेका छन् । जारी सिजनमा युनाइटेडलाई पहिलो पटक लिग अंक तालिकाको शीर्षस्थानमा पुर्याएका सोल्स्यारले त्यस उपलब्धिलाई सगरमाथा आरोहणसँग दाजेका हुन् ।
‘सबै खेलाडी, प्रशिक्षक टोली र सर्मथक सबैको मेहेनतले आज क्लब लिगको पहिलो स्थानमा छ । तर शीर्षस्थानमा छौं भन्दैमा ढुक्क रहनु हुँदैन । यो स्थान र सगरमाथाको शिखर उस्तै हो । सगरमाथाको शिखरमा ढुक्कले बसिरह्याे भने हामी त्यही जम्छौं । त्यसकारण, त्यहाँबाट आफ्नो बाटो लागिहाल्नुपर्छ,’ सोल्स्यारले भने ।
लिगमा १७ खेलबाट ३६ अंक बटुलेको युनाइटेडले आइतबार राती तेस्रो स्थानको लिभरपुलको सामना गर्दैछ । त्यसका लागि आफ्ना खेलाडीहरु तयार रहेको नर्वेजियन प्रशिक्षकको भनाई थियो । सोल्स्यार आफैले पनि खेलाडी रहँदा लिभरपुलको ११ पटक सामना गरेका छन् । त्यसकारण एनफिल्डमा गएर खेल्न कती ग्राहो छ भन्ने विषयमा जानकार छन् ।
‘म लिभरपुलसँगको खेललाई लिएर उत्साहित छु । लिभरपुललाई उसको मैदानमा हराउन सजिलो छैन । तर हामीले विगतमा उसलाई त्यहाँ पराजित गरेका छौं । हामीसँग रंगशालामा सर्मथक रहने छैनन् । घरमा बसेर खेल हेर्न बाध्य रहेका उनीहरुका लागि हामी सक्दो मेहेनत गरेर खेल्नेछौं ।’ सोल्स्यारले थपे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया