न्युक्यासललाई हराएको आर्सनल दशौं स्थानमा
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले न्युक्यासललाई ३-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे भने बुकायो साकाले एक गोल गरे ।
जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युक्यासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया