अष्ट्रेलियाले दियो भारतलाई ३२८ रनको लक्ष्य
ब्रिसबेन : अष्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्ट जित्न भारत ३२८ रनको लक्ष्य पछ्याइरहेको छ । ब्रिसबेनमा पाँचौ तथा अन्तिम दिनको खेलमा भारत सम्हालिएर ब्याटिङ गरिरहेको छ । ओपनर व्याट्सम्यान रोहित शर्मालाई फेरि पनि सस्तैमा गुमाएपछि दबाब झेलिरहेको भारत सकेसम्म जित नसके बराबरीका लागि पनि दिनभर संघर्ष गर्ने योजनामा छ ।
प्याट कुमिन्सको बलमा शर्मा ७ रनमै टिम पेनको हातबाट क्याचआउट भएपछि भारतको लक्ष्य भेट्ने योजनामा शुरुवाती धक्का लागेको छ । यद्यपी शुभमान गिल महत्वपूर्ण इनिङतर्फ अगाडी बढिरहेका छ्न । पाँच चौका साथ अर्धशतक पूरा गरेका गिलकै इनिङले भारतको अगाडीको बाटो तय गर्नेछ ।
यस्तै चेतेश्वर पुजारा, कप्तान आजिन्क्या रहाणे र आक्रामक व्याट्सम्यान रिषभ पन्तको भरोसाले भारत जितकै लागि खेल्न उद्दत छ । महत्वपूर्ण व्याट्सम्यान आउट भएपनि तेस्रो टेस्ट बराबरी गर्न सफल भएको भारतले पुछारका ब्याट्सम्यान तथा बलरहरुको आशलाग्दो प्रदर्शनका कारण पनि जितको सम्भावना त्यागिसकेको छैन् ।
ब्रिसबेनमा अहिलेसम्म अष्ट्रेलियालाई हराउन नसकेको भारत पहिलोपटक ऐतिहासिक जित दर्ता गर्न आतुर पनि देखिन्छ । अष्ट्रेलियाका प्याट कुमिन्स, मिचेल स्टार्कसँगै जोश हेजेल्वुड र नाथन लायन जस्ता विश्वकै खतरानाक बलर भारतीय ब्याट्सम्यानका लागि चुनौति भएपनि पहिलो पालीमा ३ सय ३६ रन बनाएर भारत जित सम्भव तुल्याउन सक्षम छ ।
मार्नस लाबुसानेको शतक मद्दतमा पहिलो पालीमा ३ सय ६९ रन बनाएर सुखद प्रदर्शन गरेको अष्ट्रेलिया दोस्रो पालीमा स्टिम स्मिथको अर्धशतक बाहेक २ सय ९४ रनमै अलआउट भएको थियो । भारतले पहिलो पालीमा ३ सय ३६ रन बनाएर अग्रता स्वात्तै घटाईदिएपछि अष्ट्रेलियाको तनाव शुरु भएको थियो ।
मंगलबार कंगारु बलरलाई चुनौति दिएर बिस्तारै रन बनाएपनि जित्ने लक्ष्य राखेको भारतलाई सहज भने छैन् । यद्यपी जारी श्रृङ्खलाको पहिलो टेस्टको दोस्रो पालीमा ३६ रनमै अलआउट भएको खराब इतिहासबाट नयाँ अनुभव बटुलेको भारत जितको भोक मेटाउन सबैखाले संघर्ष गर्न तयार देखिन्छ ।
पहिलो टेस्टमा अष्ट्रेलिया र दोस्रो टेस्टमा भारत विजयी हुँदा तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । श्रृङ्खलाको विजेता बन्न आजको टेस्ट जित्नैपर्ने दबाब दुबै टोलीसामु छ । (इएसपीएन क्रिकइन्फोको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया