म्यान्चेष्टर युनाईटेड फेरि शीर्ष स्थानमा
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड फेरि शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा फुलह्यामलाई २-१ गोल अन्तरले हराउँदै युनाईटेड फेरि शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि हिजो चेल्सीलाई हराउँदै लेस्टर सिटी केही समयका लागि शीर्ष स्थानमा उक्लिएको थियो । युनाईटेडलाई लगातार जित दिलाउन इडिसन काभानी र पउल पोग्बाले गोल गरे । खेलमा अग्रता भने फुलह्यामले लिएको थियो ।
उसका लागि खेल शुरु भएको ५ मिनेटमै एडमोला लुकम्यानले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । युनाईटेडका लागि काभानीले बराबरी गोल गरे । खेलको ६५ औँ मिनेटमा पोग्बाले निर्णायक गोल गर्दै टिमलाई शीर्ष स्थानमा फर्काउन सफल भएका हुन् ।
जितपछि युनाईटेड १९ खेलबाट ४० अंकसहित लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ३८ अंकसहित दोस्रो र लेस्टर सिटी तेस्रो स्थानमा छ । साबिक विजेता लिभरपुल भने ३४ अंकसहित चौथो स्थानमा छ । फुलह्याम भने १२ अंकसहित रेलिगेसन जोनमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया