हारको जिम्मेवारी लिन्छु : जिदान
काठमाडौं : बुधबार कोपा डेल रेमा अल्कोयानोसँग अप्रत्याशित पराजय भोगेपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुलाई खेलाडीहरूको समर्थन रहेको वा नरहेको भन्नेमा दुविधा रहेको प्रतिक्रिया दिएका छन् ।
‘मलाई खेलाडीहरूको समर्थन छ की छैन भन्ने प्रश्न उनीहरूलाई सोध्नुपर्छ । यस सिजन हामीले सोचे अनुसारको खेल्न सकेका छैनौं । झन पछिल्लो समय त हामीले खराब लय देखाएका छौं,’ जिदानले पत्रकारहरूसँग कुरा गर्दैै भने ।
इडेर मिलिटाओले पहिलो हाफमा गोल गरेर रियललाई अग्रता दिलाए पनि स्पेनी फुटबलको तेस्रो श्रेणीको अल्कोयानोले दोस्रो हाफमा बराबरी र थपिएको समयमा गोल गरेपछि जिदानको टिम प्रतियोगिताको अन्तिम १६ पुग्न असफल भयो ।
गत साता मात्रै सुपरकोपाबाट बाहिरिएको रियल फेरी अर्को घरेलु प्रतियोगितबाट पनि बाहिरिएपछि जिदान दबाबमा छन् । हारका बाबजुद पनि जिदानले खेलाडीहरूको रक्षा गर्दै नतिजाको जिम्मेवारी आफुले लिने पनि बताए ।
‘खेलाडीहरूले मेहेनत गरेका हुन् । तर गोल भएन । विपक्षी गोलरक्षकले राम्रो बचाउ गरे । हामी प्रतियोगिताबाट बाहिरियौं । यसको जिम्मेवारी म लिन्छु,’ जिदानको भनाई थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया