खेलकुद

राष्ट्रिय महिला लिगः  बिराटनगर र वालिङले बराबरी खेले

इकागज |
माघ ८, २०७७ बिहीबार १७:५४ बजे

काठमाडौँ :राष्ट्रिय महिला फुटबल लिगमा बिहीबारको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्‍न खेलमा वालिङले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुङ्गियो । 

लिगको दोस्रो दिनको खेलमा वालिङले सम्झना शर्माले दोस्रो मिनेटमै गरेको गोलले अग्रता लिएको थियो । तर भारतीय खेलाडी आशा कुमारीले दोस्रो हाफको ६८ औ मिनेटमा फ्रिकिक मार्फत गोल फर्काएपछि बिराटनगर खेलमा फर्कियो । शुक्रबार लिगमा नेपाल पुलिस क्लबले चौदण्डी गढी नगरपालिकाको चुनौती सामना गर्दैछ ।   



Author

थप समाचार
x