खेलकुद

युरोपियन सुपर लिगमा भाग लिने खेलाडीलाई कारबाही गर्ने फिफाको चेतावनी

इकागज |
माघ ९, २०७७ शुक्रबार १३:३८ बजे

काठमाडौँ : विश्व फुटबल नियामक संस्था फिफाले युरोपियन सुपर लिगमा भाग लिने खेलाडीलाई कारबाही गर्ने चेतावनी दिएको छ । युरोपका केही ठूला क्लबहरुले च्याम्पियन्स लिग जस्तै अर्को प्रतियोगिता स्थापना गर्ने बारेमा छलफल चलाइरहँदा फिफाबाट यस्तो चेतावनी आएको हो । 

बार्सिलोना, रियल म्याड्रिडँगै प्रिमियर लिगका म्यानचेस्टर युनाइटेड, लिभरपुल लगायतका ठूला क्लबहरु भिन्दै युरोपियन लिग गठन गर्न छलफलमा लागिरेहको बताइएको छ । तर उल्लेखित क्लबहरूको प्रस्तावमा बार्यन म्युनिख लगायतका अन्य परम्पारिक शक्तिहरू भने सहमत छैनन् । त्यस्तै, युरोपियन फुटबल संघका प्रमुख अलेक्सान्दर केफेरिन र स्पेनी ला लिगाका प्रमुख हाबियर टेबासले पनि नयाँ युरोपियन लिग गठनको विरोध गरिरहेका छन् । 


यही परिपेक्ष्यमा फिफाबाट पनि प्रष्ट चेतावनी आएको हो । युरोपियन सुपर लिगमा खेल्ने खेलाडीहरूलाई विश्वकप र युरो कपमा भाग लिन बन्देज लगाइने फिफाको भनाई छ । फिफाका ६ वटै महादेशिय कमिटीका प्रमुखहरूले हस्ताक्षर गरेको विज्ञप्तीका अनुसार भइरहेको संरचनामा ब्यावधान ल्याउने कुनै पनि प्रतियोगिता नगराउन र त्यसमा सहभागी नहुन सबैलाई क्लब र खेलाडीलाई चेतावनी दिइएको छ ।  

बार्सिलोना, रियल, युनाइटेड, लिभरपुल लगायतका ठूला क्लबहरु च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने युरोपियन लिग आयोजना गर्न गत वर्षबाटै छलफलमा छन् । पटक पटक युरोपियन प्रेसमा यसका बारेमा खबर आइरहे पनि लिग गठनमा कती प्रगती भयो भन्ने विषयमा जानकारी बाहिर ल्याएको छैन । विभिन्न क्षेत्रबाट च्याम्पियन्स लिगलाई विभाजन गर्ने कार्य गर्न नहुने भन्दै धारणा आइरहेका बेला फिफाको चेतावनी आएको हो ।  


Author

थप समाचार
x