खेलकुद

युभेन्टस चौथो स्थानमै

इकागज |
माघ १२, २०७७ सोमबार ७:३ बजे

काठमाडौँ : इटालिएन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । आइतबार राती भएको खेलमा युभेन्टसले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई जित दिलाउन अर्थर र वेष्टन म्याकिनेले गोल गरे । रोनाल्डोले भने पूरा समय खेलेपनि गोल गर्न सकेनन् ।

जितपछि युभेन्टस १८ खेलबाट ३६ अंकसहित सिरी ए फुटबलको चौथो स्थानमा छ । एसी मिलान भने ४३ अंकसहित शीर्ष स्थानमा छ । आन्द्र पिर्लोको प्रशिक्षणमा रहेको साविक विजेता युभेन्टस यस सिजन चौथो स्थानबाट माथि उक्लिन संघर्ष गरिरहेको छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)



Author

थप समाचार
x