खेलकुद

प्रधानमन्त्री कप: प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

इकागज |
माघ १२, २०७७ सोमबार १६:३६ बजे

काठमाडौँ : नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । सोमबार प्रदेश २ माथि चार विकेटको जित दर्ता गर्दै विभागीय टोली समूह बीको उप-विजेताको हैसियतमा प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्‍यो । पराजित प्रदेश २ भने प्रतियोेगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह विजेताका रुपमा बागमती प्रदेशले पनि अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।   

मुलपानी त्रिकेट मैदानमा भएको खेलमा टस जित्दै फिल्डिङ रोजेको पुलिसले एक सय ७० रनको लक्ष्य पाएको थियो । जसलाई विजयी टोलीले ३८ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो । तयसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो । पुलिसका विकेटकिपर अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाए । अविजित रहेका साहले ६९ बलको सामना गर्दा ४ चौका प्रहार गरे । पुलिसका लागि ओपनर कुशल भुर्तेलको योगदान पनि महत्वपूर्ण रह्यो । उनले ५५ बलमा ३ चौका र १ छक्का सहित कुल ४३ रन बनाए । 


त्यस्तै, सुनिल धमलाले १३ रन जोडे भने अमित श्रेष्ठ र दीपेन्द्रसिंह ऐरी समान १७-१७ रन बनाए । पुलिसका अन्य ब्याट्सम्यानले उल्लेख्य स्कोर बनाउन सकेनन् । प्रदेश २ का लागि विवेक यादवले धारिलो ब्याटिङ गरे । उनले ६ ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै, कुमार थापाले पनि तीन विकेट नै हात पारे । 

पहिलो ब्याटिङ गरेको प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले अर्धशतक प्रहार गरे । उनले ८४ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५३ रन बनाए । अर्का ओपनर हिमांशु दत्त १६ रन बनाएर पभेलियन फर्के । तल्लो क्रमका आदिल अन्सारीले १५ रनको योगदान गर्दा कप्तान सुरज कुर्मी १३ रनमा सिमित भए । त्यस्तै, रवी सिंह र विशाल सुस्लिङले समान १२-१२ रन बनाए । 

पुलिसका लागि ललित नारायण राजवंशीले ३७ रन खर्चेर ४ विकेट लिए भने सागर ढकालले १० ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । विजय टिमका लागि पवन सरार्फले १ विकेट हात पारे । 

अब सेमिफाइनलमा समूह बी विजेता लुम्बिनीले समूह ए को उप-विजेताको सामना गर्नेछ भने पुलिसले विजेतासँग भिड्नेछ । समूह ए बाट शसस्‍त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् । उनीहरुबीच कुन टिम समुह विजेता र उप-विजेता हुने भन्‍ने सोमबार नै टुङ्गो लाग्‍नेछ । 


Author

थप समाचार
x