खेलकुद

चेल्सीको प्रशिक्षकमा टुचेल नियुक्त

इकागज |
माघ १४, २०७७ बुधबार ७:० बजे

काठमाडौँ : चेल्सीले मुख्य प्रशिक्षकमा थोमस टुचेललाई नियुक्त गरेको छ । पछिल्लो समय नयाँ खेलाडी ल्याएर पनि खराब प्रदर्शन गरेपछि फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको प्रिमियर लिग क्लब चेल्सीले त्यसको दुई दिनमै टुचेललाई नियुक्त गरेको हो ।

टुचेल १८ महिनाका लागि मात्रै प्रशिक्षकमा नियुक्त भएका हुन् । पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुर्‍याएपनि उपाधि जित्न नसकेको भन्दै क्लबले उनलाई बर्खास्त गरेको थियो । 


टुचेल चेल्सीको प्रशिक्षक बन्ने पहिलो जर्मन म्यानेजर हुन् । चेल्सीले टुचेललाई विशेष समारोहमार्फत स्टार्मफोर्ड ब्रिजमा स्वागत गरेको छ । पीएसजीमा रहदा ७४ प्रतिशत जित हासिल गरेका टुचेलले दुई लिग वान, एक फ्रेन्च कप र एक फ्रेन्च लिग कप उपाधि जितेको थिए । 

पीएसजीलाई च्याम्पियन्स लिग फुटबलको फाइनल पुर्‍याउने ब्राजिलियन डिफेन्डर तथा कप्तान थियागो सिल्भा र टुचेलबीच चेल्सीमा 'ट्युनिङ' मिल्ने धेरैको अपेक्षा छ । यसै सिजन सिल्भा पीएसजी छाडेर फ्री ट्रान्सफरमा चेल्सी आएका हुन् ।  


Author

थप समाचार
x