खेलकुद

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानको खराब शुरुवात

इकागज |
माघ १४, २०७७ बुधबार ७:३७ बजे

काठमाडौँ : घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानले खराब शुरुवात गरेको छ । अफ्रिकालाई २२० रनमै अलआउट गरेर पहिलो दिन नै आफ्नो पहिलो पाली थालेको पाकिस्तानले निकै खराब शुरुवात गरेको हो । 

पाकिस्तानका कप्तान बाबर आजामसहित चार जना ब्याट्सम्यान सस्तैमा आउट भएका छन् । इमरान बोट ९, इमाद अलि ४, कप्तान बाबर ७ र शहिन अफ्रिदी शून्यमै आउट भएका हुन् । क्रिजमा अजहर अलि र फावद आलम छन् । अफ्रिकाका कागिसो रबाडाले तीन तथा एनरिक नोट्जेले एक विकेट लिए ।


४ विकेट गुमाएर ३३ रन बनाएको अवस्थामा पाकिस्तानले आज दोस्रो दिन ब्याटिङ गर्नेछ । त्यसअघि टस जितेर कराँचीमा पहिलो पालीमा व्याटिङ गरेको दक्षिण अफ्रिका २२० रनमै अलआउट भयो । उसका लागि ओपनर ब्याट्सम्यान डीन एल्गरले सर्वाधिक ५८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका यासिर साहले ३ विकेट लिए । यस्तै सहिन अफ्रिदी र नुमान अलिले दुई दुई विकेट लिए । पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दुई टेस्ट र तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्नेछ ।  


Author

थप समाचार
x