प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न तयार छु : टुचेल
काठमाडौँ : मंगलबार चेल्सीको प्रशिक्षकमा नियुक्त भएका थोमस टुचेलले लन्डन कलबको जिम्मेवारी पाउँदा आफस हर्षित भएको प्रतिक्रिया दिएका छन् । प्रिमियर लिगमा आठ खेलमध्ये पाँचमा हार ब्यहोरेपछि बर्खास्तीमा परेका फ्रान्क लाम्पार्डलाई प्रतिस्थापन गर्न जर्मन प्रशिक्षक स्टामफोर्ड ब्रिज पुगेका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट गत महिना बर्खास्तीमा परेका टुचेलले चेल्सीसँग १८ महिनाका लागि सम्झौता गरेका छन् । जर्मन क्लब मेन्ज र बोरुसिया डर्टमन्डमा समेत प्रशिक्षण गराएका टुचेलले चेल्सीको जिम्मेवारी बहन गर्न आफु आतुर भइसकेको जनाए ।
‘मलाई प्रशिक्षकको जिम्मेवारीका लागि योग्य सम्झिएको चेल्सीलाई धन्यवाद दिन चाहान्छु । म मेरा खेलाडीहरूसँग काम गर्न आतुर छु । प्रिमियर लिग एकदमै आर्कषक प्रतियोगिता हो । म यो लिगमा प्रतिस्पर्धा गर्न तयार छु,’ टुचेलले भने । उनले लाम्पार्ड प्रति आफ्नो सम्मान रहेको र पूर्व चेल्सी प्रशिक्षकको स्टामफोर्ड ब्रिजमा रहेको लेगेसी सधैं महत्वपूर्ण रहने पनि बताए ।
चेल्सीले बुधबार उल्भरह्याम्पटनको समाना गर्दा टुचेलका लागि सो खेल पहिलो परिक्षा हनेछ । अंक तालिकामा दशौं स्थानमा रहेको चेल्सी नयाँ प्रशिक्षकको नेतृत्वमा जित हासिल गर्दै शीर्ष चारमा छनौट हने लक्ष्यमा अघि बढ्न चाहान्छ । लिगमा शीर्ष चार भित्र अट्ने लक्ष्य बाहेक टुचेल च्याम्पियन्स लिगमा पनि केन्द्रित हुनेछन् । च्यामिपयन्स लिगको अन्ति १६ मा चेल्सीले स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडको सामना गर्दैछ ।
टुचेल गत सिजन च्याम्पियन्स लिग उपाधिको नजिक पुगेका थिए । उनको नेतृत्वमा रहेको पीएसजी युरोपिय क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । तर बार्यन म्युनिखसँग पराजित भएपछि पीएसजीको पहिलो पटक च्याम्पियन्स लिग जित्ने सपना पुरा भएन । च्याम्पियन्स लिग उपाधि जित्न असफल भएपनि टुचेलले पीएसजीलाई दुई वर्षमा छ घरेलु उपाधि जिताउन भने सफल भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया