'सरुवा बजारमा सही खेलाडी पहिचान गर्न जरुरी छ'
काठमाडौँ : प्रिमियर लिगमा बिहीबार राती टोटनहमविरुद्ध महत्वपूर्ण जित हासिल गरे पनि लिभरपुलको पीडा अन्त्य भएन । सिजनको सुरुवातमै पहिलो रोजाइका रक्षक भर्जिल भान डाइक र जो गोमेज गुमाएको लिभरपुलले फेरि अर्का रक्षक जोएल माटिप पनि गुमाएको छ ।
टोटनहमसँगको पहिलो हाफ खेलेका माटिपले कुर्कुच्चाको चोटका कारण दोस्रो हाफ गुमाए । दुई मुख्य रक्षक गुमाएको लिभरपुललाई जनवरी सरुवा बजारमा नयाँ खेलाडी अनुबन्ध गर्न दबाब थियो । अब माटिप पनि घाइते भएपछि प्रशिक्षक योर्गेन कलप थप दबाबमा छन् । रक्षक बनेर खेलिरहेका मिडफिल्डर फाबिन्हो पनि हाल घाइते छन् । लिभरपुलले ब्रजिलियन मिडफिल्डरले सामान्य चोट बोकेको बताए पनि उनले आइतबार वेस्टह्यामसँगको खेल गुमाउनेछन् ।
टोटनहमसँगको खेलपछि क्लपलाई जनवरी सरुवा बजारमा नयाँ रक्षक अनुबन्ध सम्भावनाबारेमा सोधियो । ‘हामी अफठ्यारो अवस्थाबाट गुज्रिरहेका छौँ । हामी सबै सम्भावनामा काम गरिरहेका छौँ । हामीले यो सरुवा बजारमा सही खेलाडी पहिचान गर्न जरुरी छ,’ क्लपले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया