इब्राहिमोभिक र लुकाकुलाई प्रतिबन्ध
काठमाडौँ : खेल मैदानमा झगडा गरेका स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिक र रोमेलु लुकाकुलाई आगामी खेल खेल्न प्रतिबन्ध लगाइएको छ । इटालियन सिरी ए क्लब एसी मिलानका फरवार्ड इब्राहिमोभिक र इन्टरमिलानका फरवार्ड लुकाकुलाई एक एक खेलको प्रतिबन्ध लगाइएको हो ।
कोपा इटालिया अन्तर्गतको डर्बी भिडन्तमा उनीहरुले झगडा गरेका थिए । झगडा गरेपछि इब्राहिमोभिकलाई रातो कार्ड दिइएको थियो । उनले लुकाकुमाथि जातीय विभेद गरेको आरोप छ ।
लुकाकुसँग विवाद गर्दा इब्राहिमोविच ५७ औं मिनेटमा रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । रातो कार्डसंगै उनि एक खेलको प्रतिबन्धमा परेका हुन् । यस्तै लुकाकु पनि यस सिजनको कोपा इटालियामा दुई पहेलो कार्ड पाएको कारण प्रतिबन्धमा परेका हुन् । मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २-१ गोलले हराएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया