खेलकुद

भारतविरुद्धको जित हाम्रो लागि नयाँ बेन्‍चमार्क : कप्तान रुट

इकागज |
माघ २८, २०७७ बुधबार १४:५० बजे

काठमाडौँ : इंगल्यान्डका कप्तान जो रुटले भारतविरुद्धको जितले नयाँ आधार खडा गरेको बताएका छन् । चेन्‍नाईमा मंगलबार सकिएको पहिलो टेस्टमा घरेलु टोलीलाई २२७ रनले पराजित गरेपछि इंग्लिस कप्तान रुटले आफ्नो टिमले अहिलेको लयलाई निरन्तरता दिनुपर्ने पनि बताए । 

‘हामीले बलियो भारतविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍याे। म मेरा सहकर्मीहरुलाई धन्यवाद दिन चाहान्छु । यो जित हाम्रो लागि नयाँ बेन्चमार्क हो । हामीले आगामी खेलहरुमा अझै राम्रो खेल देखाउँदै जानुपर्छ,’ रुटले भने ।  भारत पहिलो टेस्टमा पराति भएपनि दोस्रो टेस्टमा पुनरागमन गर्न सक्ने टिम भएको पनि रुटको भनाई थियो ।


‘भारत कुन स्तरको टिम हो हामी सबैलाई थाहा छ । भारतीय खेलाडी प्रतिभाशाली छन् । उनीहरू मेहेनती छन् । त्यसकारण अर्को टेस्टमा उनीहरूले पुनरागमन गर्दैनन् भन्‍न सकिदैँन ।’ भारतविरुद्ध २१८ रन बनाएको रुटको भनाई थियो । भारत आउनुअघि श्रीलंकासँग खेलेको अनुभवले पनि इंगल्यान्डलाई सहयोग गरेको बताए ।

इंग्लिस टिमले श्रीलंकाविरुद्धको टेस्ट श्रृङ्खला २-० ले जितेको थियो । ‘श्रीलंकामा हामीले धेरै स्पिन बलको समाना गर्नुपर्‍यो । त्यो अनुभव भारतसँगको खेलमा काम लाग्यो । हामीले आउँदो खेलमा पनि उस्तै लय देखाउनु पर्छ । व्यक्तिगत र सामूहिक प्रदर्शन दुबै बलियो हुनुपर्छ,’ रुटले थपे । 


Author

थप समाचार
x