खेलकुद

महिला लिगमा एपीएफको दबदबा कायमै

इकागज |
माघ २८, २०७७ बुधबार १७:१२ बजे

काठमाडौँ : शसस्त्र प्रहरीको एपीएफ क्लबले जारी राष्ट्रिय महिला फुटबल लिगमा बुधबार आठौँ जित दर्ता गरेको छ । लिगको पहिलो चरणमा अपराजित रहेको एपीएफले दोस्रो चरणमा पनि उही लयलाई निरन्तरता दिँदा चन्द्रपुर चन्द्रपुर नगरपालिकालाई ८-० ले पराजित गर्‍यो । 

चन्द्रपुरविरुद्धको जितमा राष्ट्रिय टोलीका स्टार सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरे । सावित्राले छ गोल गरिन् भने अनिताले दुई गोल थपिन् । एपीएफले जितसँगै नजिकको प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँगको अंक दुरी बढाएको छ । एपीएफले २४ अंक बनाएको छ भने आर्मीको १९ अंक छ । 


जारी लिगमा एक गोल पनि नखाएको एपीएफले चन्द्रपुरसँगको खेलमा पनि रक्षात्मक रुपमा बलियो खेल देखायो । नतिजा स्वरुप चन्द्रपुरले एपीएफको पोस्टमा एउटै आक्रमण पनि बुन्न सकेन । 

‘हामीले पर्याप्त गोल गर्‍याै । तर बलमाथिको नियन्त्रण अझै बलियो हुनसक्थ्यो । आगामी खेलमा हामी अझै बलियो रुपमाप्रस्तुत हुने प्रयास गर्नेछौ,’ एपीएफकी प्रशिक्षक भगवती थापाले भनिन् । उता पराजित चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले आफ्नो टिमले खेलमा धेरै गल्ती गरेको प्रतिक्रिया दिए । 


 


Author

थप समाचार
x