एफ ए कपमा एभर्टनले टोटेनहमलाई हरायो
काठमाडौँ : एफ ए कप फुटबलमा एभर्टनले टोटेनहमलाई हराएको छ । पाँचौ चरण अन्तर्गत बुधबार राती भएको खेलमा एभर्टनले टोटेनहमलाई ५-४ गोल अन्तरले हराएको हो ।
निर्धारित समयमा चार चार गोलको बराबरी भएपछि खेले अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा बर्नान्डले गोल गर्दै एर्भटनलाई छैटौ चरणमा पुर्याएका हुन् ।
त्यसअघि एभर्टनका लागि रिचार्लिसनले दुई तथा डोमेनिक लेविन र गिल्फी सिगुर्सनले एक एक गोल गरे । टोटेनहमका डेभिसन सान्चेजले दुई तथा इरिक लामेला र ह्यारी केनले एक एक गोल गरेपनि टिमलाई जिताउन सकेनन् ।
जितसँगै एभर्टन छैटौ चरणमा पुग्दा टोटेनहम भने एफ ए कपबाट बाहिरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया