खेलकुद

फिफा क्लब विश्व कपको उपाधि वायर्नलाई

इकागज |
माघ ३०, २०७७ शुक्रबार ६:७ बजे

काठमाडौँ : च्याम्पियन्स लिग विजेता वायर्न म्युनिकले फिफा क्लब विश्व कप फुटबलको उपाधि जितेको छ । बिहीबार राती भएको खेलमा मेक्सिकन क्लब टाइगर्स युएएनललाई १-० गोलले हराउँदै वायर्नले उपाधि जितेको हो ।

वायर्नलाई उपाधि जिताउन फाइनलमा एक मात्रै गोल बेन्जामिन पावर्डले गरे । उनले खेलको ५९ औँ मिनेटमा गोल गरेका हुन् । वायर्नले पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 



Author

थप समाचार
x