खेलकुद

रोहितको शतक, बलियो अवस्थामा भारत

इकागज |
फागुन २, २०७७ आइतबार ६:१० बजे

काठमाडौँ : इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत बलियो अवस्थामा पुगेको छ । शनिबार चेन्नेईमा टस जितेर ब्याटिङ थालेको भारतले ओपनर ब्याट्सम्यान रोहित शर्माको शतक मद्दतमा पहिलो दिन नै ६ विकेट गुमाएर ३०० रन बनाएको छ ।

कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भएपछि निकै खराब सुरुवातमा रहेको भारतका लागि रोहित शर्माले सुझबुझपूर्ण शतकीय इनिङ खेले । २३७ बलको सामना गरेका रोहितले १८ चौका र २ छक्काको मद्दतमा १६१ रन बनाउन सफल भए । 


उनको शतकीय इनिङले नै भारत बलियो अवस्थामा पुगेको हो । यस्तै उपकप्तान आजिन्क्या रहाणेले ६७ रन बनाए । शुभमान गिल खाता नखोली आउट हुँदा चेतेश्वर पुजाराले २१ रन मात्रै बनाउन सके । यस्तै रविचन्दन आश्विनले १३ रन बनाए । नटआउट रिषभ पन्त ३३ र अक्षर पटेल ५ रन बनाएर क्रिजमा छन् ।

इंग्ल्याण्डका ज्याक लिच र मोइन अलिले समान दुई दुई विकेट लिएका छन् । ओल्ली स्टोन र जोय रुटको नाममा एक एक विकेट छ । चार खेलको टेस्ट क्रिकेट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ । 


Author

थप समाचार
x