खेलकुद

च्याम्पियन्स लिग :

पहिलो लेगमै पीएसजीले बार्सिलोनालाई हरायो, एमबाप्पेको ह्याट्रिक

इकागज |
फागुन ५, २०७७ बुधबार ६:२१ बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगमै पीएसजीले बार्सिलोनालाई हराएको छ । मंगलबार राती भएको खेलमा पीएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले हराएको हो । 

पीएसजीलाई जिताउन किलियन एम्बाप्पेले ह्याट्रिक गोल गरे । उनले खेलको ३२, ६५ र ८५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै मोइस किनले एक गोल गरे । बार्सिलोनाका लागि मेस्सीले पेनाल्टीमा एक गोल गरे । 


घरेलु मैदानमा पाहुना टोली पीएसजीले शानदार जित निकालेपछि अब बार्सिलोनालाई अन्तिम ८ मा पुग्नै मुश्किल देखिएको छ । 

क्वाटरफाइनल पुग्नका लागि बार्सिलोनाले पीएसजीको मैदानमा कम्तीमा चार गोल गर्नुपर्नेछ । यसअघि बार्सिलोनाले ४-० गोलको नतिजा घरेलु मैदानमा उल्ट्याएको थियो । तर त्यतिबेलाका गेम गेन्जर नेयमार अहिले पीएसजीमा छन् ।

यसपटक नेयमार बिना नै पीएसजीले बार्सिलोनालाई उसकै मैदानमा हराएको छ । पीएसजी च्याम्पियन्स लिगको साविक उपविजेता हो । फाइनलमा जर्मन क्लब बायर्न म्युनिकसँग पराजित भएको थियो । 


Author

थप समाचार
x