फुटबलमा नम्बर दसको अवसान
आधुनिक फुटबलमा नम्बर दसको अवसान भइसक्यो । अथवा त्यसको अब कुनै आवश्यकता छैन । कमसेकम हामेस रोद्रिगेज यस्तै मान्छन् । यसै सिजन प्रिमियर लिग आइपुगेका हामेस रोद्रिगेजले आफ्नो करियरमा धेरै जसो समय नम्बर दस भएर खेलेका छन् । नम्बर दस । अर्थात् स्ट्राइकरको पछाडि रहेर खेल्ने स्थान । उनै रोद्रिगेज नम्बर दस भएर खेल्दै गोल गर्ने अनि गोलका लागि पास मिलाउन खप्पिस खेलाडी हुन् । तर अहिले उनको खेल्ने स्थान फेरिएको छ । अनि भूमिका पनि ।
इटालियन प्रशिक्षक कार्लो एनसिलोट्टी एभरटनको फवार्ड लाइनमा तीनजना खेलाडीको प्रयोग गर्छन् । रोद्रिगेज त्यही फर्वाड लाईनको दाहिने पट्टीबाट खेल्छन् ।‘म सधै नम्बर दसले खेललाई नियन्त्रणमा राख्नुपर्छ भन्ने मान्यता राख्छु,’ म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी रियो र्फडिनान्डसँगको अन्र्तवातामा उनले भनेका थिए, ‘नम्बर दस भएर खेल्ने कुनै पनि खेलाडीले खेल दौरान आफ्ना साथी कुन स्थानमा छन् भन्ने थाहा पाउनुपर्छ । उसँग गोलका लागि पास सिर्जना गर्नेबाहेक गोल गर्ने क्षमता पनि हुनुपर्छ ।’
'अहिलेको आधुनिक फुटबलमा प्राय टीमहरु ४-४-२ वा ४-३-३ को संरचनामा खेल्छन् । त्यसकारण अहिलेको समयमा कसैले पनि भविष्यमा नम्बर दस भएरर खेल्छु भन्ने सपना बुन्दैन । किनभने आजकल प्रशिक्षकहरु नम्बर दसको प्रयोग नै गर्दैनन् । उनीहरु तीब्र गतिका खेलाडीहरु मन पराउँछन् जो वान भर्सेस वानमा विपक्षीलाई माथ खुवाउन सक्छन् । पन्ध्र वा बीस वर्ष अघिसम्म नम्बर दस बिनाको फुटबल टीमको परिकल्पना गरिदैन थियो । तर अहिले अवस्था फरक छ ।’ रोद्रिगेजले थपे ।
युनाईटेडका हुवान माटा पनि रोद्रिगेज जस्तै नम्बर दस भएर खेल्ने गरेका खेलाडी हुन् । उनले एक वर्ष अघि दि एथलेटिकसँगको अन्तर्वार्तामा नम्बर दसका बिषयमा कुरा गरेका थिए । ‘फुटबलमा सायद नम्बर दसको अवधारणा लोप भइसक्यो । कमसेकम यसको प्रयोग हुन छाडिसक्यो,’ माटाले दाबी गरे, ‘पहिला एक वा दुई स्ट्राइकर पछाडि अर्को एउटा आक्रमक खेलाडीलाई राखिन्थ्यो ।' 'प्रयोग गरिने संरचनामा पनि विविधता छ । पहिला नम्बर दस भएर खेल्ने खेलाडीहरुको कौशल अरुको भन्दा फरक हुन्थ्यो । उनीहरु एउटा पासले पुरै खेल नै परिवर्तन गरिदिन्थे । सायद अहिले नम्बर दस भन्ने पोजिसन नै छैन । भए पनि यो पोजिसनमा खेल्ने खेलाडीको भूमिकामा परिवर्तन आयो,’ माटा, हुवान कार्लोस भालेरोन र हुवान रोमन रिकेल्मी जस्ता प्रख्यात नम्बर दसहरुको नाम उल्लेख गर्दै आफ्नो धारणा राख्दै थिए । भालेरोन र रिकेल्मी जस्ता प्रतिभाशाली नम्बर दसहरु अबको पुस्तामा नदेखिने हो कि भन्ने माटाको चिन्ता थियो ।
तर यस्तो किसिमको विश्लेषण समस्या रहित भने छैन । किनभने हरेक पुस्ताका खेलाडीहरुले यही भन्दै आइरहेका छन् । सन् १९८० को दशकमा पनि नम्बर द;को अवसान दस वा बीस वर्ष अघि नै भइसक्यो भनिदै थियो । सन् २००० को दशकमा गरिएका ट्याक्टिकल एनलाइसिसहरुमा पाब्लो एइमार र रिकेल्मी जस्ता खेलाडीहरुले युरोपियन फुटबलमा आफ्नो क्षमता अनुसारको प्रभाव पार्न नसकेको बताइन्थ्यो । सन् २००६ मा रिचार्ड विलियम्सले दि पर्फेक्ट टेन नामक पुस्तकमा लेखेका छन्, ‘आजको दिनमा नम्बर दश भएर खेल्न पहिलाका दिनहरुमा भन्दा गाह्रो छ । किनभने अहिलेको फुटबल धेरै नै 'फिजिकल' छ ।’
पछिल्लो शताब्दीको अन्त्यतीर मिचेल प्लाटिनीलाई अन्तर्वार्ताका क्रममा नम्बर दसका बारेमा सोधियो । ‘फुटबलमा एकदम नै थोरै नम्बर दसहरु देखिन्छन् । सायद यस्ता खेलाडीहरु हराउँदै गइरहेका छन् । त्यसकारण पनि जिनेदिन जिदानको करियर उकालो लागोस् भन्ने चाहान्छु । बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबहरुसँग नम्बर दसको कमी छ । सायद जिदान त्यस्ता ठूला क्लबहरुका लागि उपयोगी बन्न सक्छन्,’ प्लाटिनीले भनेका थिए । सन् २००० को युरो कपको सेमिफाइनलमा इटली, नेदरल्यान्ड्स, फ्रान्स र पोर्चुगल पुगे । तर प्लाटिनीको दाबीलाई त्यस समिकरणले गलत साबित गरिदियो । किनभने त्यस प्रतियोगिताको अन्तिम चारमा पुगेका टीमहरुमा नम्बर दसको राम्रो उपस्थिति थियो । जिदानबाहेक, रुइ कोस्टा, फ्रान्सिसको टोट्टी र डेनिस बर्गक्याम्प लगायतका खेलाडीहरु नम्बर दसका रपमा परिचित थिए ।
बीस वर्ष अघिको फुटबलमा फर्किने हो भने नम्बर दस बनेर खेल्ने खेलाडीहरुको प्रर्दशनमा कहिले पनि एकरुपता नभएको पाइन्छ । जिदान, इटली र स्पेनका लिगहरुमा राम्रो लयका लागि सधै संर्घषरत रहे । बर्गक्याम्प आर्सनलमा लिग जितेका सिजनहरुमा मात्र प्रभावशाली रहे । त्यस्तै रुइ कोस्टाको मिलान बसाई बिर्सन लायककै रह्यो । टोटी सिरी ए मा बलियो देखिए, तर महादेसिय प्रतियोगितामा उनको प्रर्दशन औसत भन्दा माथिको थिएन ।
अब रोद्रिगेजको भनाईतर्फ फर्किऊ । उनी पन्ध्र वा बीस वर्षअघिका नम्बर दस बनेर खेल्ने खेलाडीहरुको सम्झना गर्दै थिए । अनि त्यही समयका प्लाटिनी आफै पन्ध्र वा बीस वर्षअघि फर्कँदै थिए । प्रत्येक पुस्ताका खेलाडीहरु पन्ध्र वा बीस वर्ष अघि नै फर्किरहेका छन् । के प्रत्येक पन्ध्र वा बीस वर्षको फरकमा नम्बर दसको अवसान भइरहेको हो त ? के हामी नम्बर दसका विषयमा बढी नै रोमान्चित भइरहेका त छैनौं ? विगतका दिनका नम्बर दसहरुका प्रर्दशनबारेमा हामी बढी नै ‘नोस्टालजिक’ भएका त होइनौं ? पछिल्लो बीस वर्षमा फुटबलको कभरेज गर्ने शैलीमा निकै नै परिवर्तन आएको छ । ठूला लिगहरु र महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको विश्वभर नै प्रशारण हुन्छ । कुनै पनि खेलाडीको गहिरो विश्लेषण गर्दा तथ्यांकको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा खेलाडीको बलियो र कमजोर पक्षबारे थप निश्चिन्त भइन्छ ।
बीस वर्ष अघिको फुटबलमा फर्किने हो भने नम्बर दस बनेर खेल्ने खेलाडीहरुको प्रर्दशनमा कहिले पनि एकरुपता नभएको पाइन्छ । जिदान, इटली र स्पेनका लिगहरुमा राम्रो लयका लागि सधै संर्घषरत रहे । बर्गक्याम्प आर्सनलमा लिग जितेका सिजनहरुमा मात्र प्रभावशाली रहे । त्यस्तै रुइ कोस्टाको मिलान बसाई बिर्सन लायककै रह्यो । टोटी सिरी ए मा बलियो देखिए, तर महादेसिय प्रतियोगितामा उनको प्रर्दशन औसत भन्दा माथिको थिएन । सन् २०१० को दशकका नम्बर दसहरुले कहिले पनि स्थिरतापूर्वक प्रर्दशन गर्न सकेनन् । उनीहरुको पूरा खेल भन्दा क्षणहरु यादगर बन्थे । ती क्षणहरु अहिले पनि युट्युबमा सुरक्षित नै छन् । जिदान युभेन्टसमा सन् १९९६ देखि २००१ सम्म रहे । त्यहाँ उनको मुख्य जिम्मेवारी नम्बर दस भएर खेल्नु थियो । त्यतिबेला युभेन्टस इटली र यूरोपमा उपाधि दाबेदारकै रुपमा प्रस्तुत हुन्थ्यो । हामी त्यो बेलाको युभेन्टस सम्झिदा, नम्बर दस भएर खेलेका जिदानलाई पनि सम्झिन्छौं । तर त्यसै टीमका डिफेन्सिभ मिडफिल्डरहरुलाई भने बिर्सिन्छौं । उनीहरुबिना जिदानले स्वतन्त्रपूर्वक खेल्न पाउने अवस्था रहँदैन थियो । त्यसबेला युभेन्टसले डिफेन्सिभ मिडफिल्डमा डिडिएर डेस्चाम्पस, एन्टेनियो कोन्टे र एडगर डेभिड्सलाई एकैसाथ उर्ताथ्यो । उनीहरु नहुँदा हुन त सायद जिदानको नम्बर दशको परिचय बलियो रुपमा स्थापित हुदैन थियो ।
जिदान नम्बर दस भएपछि युभेन्टसले विपक्षीको पोस्टमा आक्रमण गर्दा उनी टीमको मुख्य हतियार हुने नै भए । त्यसकारण उनले राम्रो नखेल्दा युभेन्टसको समग्र प्रर्दशन नै फिक्का रहन्थ्यो । तीन डिफेन्सिभ मिडफिल्डर र एउटा मात्र एट्याकिङ मिडफिल्डर खेलाउँदा टीमको पूरै ‘क्रिएटिभिटी’ एउटा खेलाडीमा मात्र निर्भर भएको जस्तो देखिन्थ्यो । त्यसकारण कतिपय अवस्थामा दर्शकले खेल फिक्का भएको अनुभूति गर्थे । प्रत्येक पुस्ताले कतिपय कुरा आफ्नो पालामा मात्र हुँदै गरेको भन्ने अनुभूति गर्छन् । नम्बर दसको अभाव भएको भनेर गरिने बहसलाई योसँग दाज्न सकिन्छ । अथवा एउटा पिताले उनको छोरालाई अहिलेको भन्दा बीस वर्षअघिको संगीत राम्रो थियो भनेर दिने अभिब्यक्तिसँग पनि नम्बर दसको अभाव माथिको बहसलाई तुलना गर्न सकिन्छ ।
फुटबल सधै परिवर्तन हुँदै आएको छ । उच्च खेल कौशल भएका खेलाडीहरु धेरै भन्दा धेरै उत्पादन भइरहेका छन् । अनि प्रत्येक पुस्ताका डिफेन्डर आफ्ना पूर्ववर्ती भन्दा बलमा राम्रो पकड राख्न सक्ने खालका छन् । गोलकिपरहरु ज्यादा आत्मविश्वासी देखिन्छन् । अनि नम्बर दस बनेर खेल्नेहरु ‘बल चेज’ गर्नमा पनि निपुण छन् । पोर्चुगिज क्लब पोर्टोमा जोसे मौरिन्हो प्रशिक्षक हुँदा उनको नम्बर दस थिए डेको । मौरिन्हो डेकोको सँधै तारिफ गर्थे । डेकोलाई नयाँ पुस्ताको नम्बर दस भनेर समेत विश्लेषण गरियो । डेकालाई मौरिन्होले किन मन पराए त ? किनभने डेको बिपक्षीको आक्रमण निस्तेज पार्न सधै आफ्ना डिफेन्डर साथीहरुलाई सहयोग गर्थे । तर डेकोले आज भन्दा करिब सोह्र वर्ष भन्दा अघि जे गरे अहिलेको आधुनिक फुटबलमा त्यो नौलो होइन । बल विपक्षीको कब्जामा हुँदा, प्रत्येक मिडफिल्डर आफ्नो रक्षापंक्तिलाई सहयोग गर्न तयार रहन्छन् ।
पुरानो फुटबलमा, प्रशिक्षकले नम्बर दसलाई मैदानमा पूर्ण स्वतन्त्रताका साथ खेल्न दिन्थे । एक्लै पनि बल लिएर विपक्षीको क्षेत्रतर्फ जानलाई स्वतन्त्रता । अनि डिफेन्डर साथीहरुलाई सहयोग गनुपर्ने बाध्यताबाट मुक्त । जसलाई अंग्रेजीमा ‘फ्रि-रोल’ पनि भनिन्छ । त्यस्तो किसिमको भूमिका निर्वाह गर्ने नम्बर दसलाई कतिपय प्रशिक्षकहरुले क्लासिक नम्बर दस पनि भने । अहिलेको फुटबलमा ‘हाई प्रेस’को महत्व बढेको छ । खेलमा बल गुमाउन साथ विपक्षीबाट तुरुन्तै बल खोस्न प्रयास गर्ने । त्यसकारण कुनै पनि मिडफिल्डरलाई पहिलाको नम्बर दसको जस्तो स्वतन्त्रता हुदैन ।
अहिलेको फुटबलमा किशोर सर्मथकहरु सायद क्रिस्टियन एरिकसन वा ब्रुनो फर्नान्डेज वा काइ हार्बटेसलाई आर्दश नम्बर दस मान्न सक्छन् । यी खेलाडीहरुसँग सन् २००० दशकका नम्बर दसहरु जस्तै जिदान र रुइ कोस्टाको जस्तो धैर्यता भने छैन । तर प्लाटिनीले जिदान र कोस्टालाई आफ्नो जमानाका नम्बर दसहरुसँग दाजेपछि भन्न सक्छन्, जिदान र कोस्टा शालिनतापूर्वक खेल्न सक्दैनन् । प्रत्येक पुस्ताका फुटबल सर्मथकहरुलाई आफ्नै जमानाका नम्बर दस मात्र पुर्ण लाग्छन् ।
सन् ८० र ९० को दशकमा इटलियन फुटबलमा ‘ट्रिक्वारटिस्टा’ को ब्यापक प्रयोग हुन्थ्यो । सेन्ट्रल मिडफिल्ड र स्ट्राइकरको बीचमा बसेर खेल्ने खेलाडीलाई ‘ट्रिक्वारटिस्टा’ भन्निथ्यो । अर्को शब्दमा नम्बर दसको इटालियन संस्करण । एसी मिलानको प्रशिक्षक बनेरआएपछि अरिगो साच्चीले ‘ट्रिक्वारटिस्टा’ प्रयोग बन्द गरे । जसले इटालियन फुटबलमै ठुलो बहस सिर्जना गर्यो । अहिलेको फुटबलमा किशोर सर्मथकहरु सायद क्रिस्टियन एरिकसन वा ब्रुनो फर्नान्डेज वा काइ हार्बटेसलाई आर्दश नम्बर दस मान्न सक्छन् । यी खेलाडीहरुसँग सन् २००० दशकका नम्बर दसहरु जस्तै जिदान र रुइ कोस्टाको जस्तो धैर्यता भने छैन । तर प्लाटिनीले जिदान र कोस्टालाई आफ्नो जमानाका नम्बर दसहरुसँग दाजेपछि भन्न सक्छन्, जिदान र कोस्टा शालिनतापूर्वक खेल्न सक्दैनन् । प्रत्येक पुस्ताका फुटबल सर्मथकहरुलाई आफ्नै जमानाका नम्बर दस मात्र पुर्ण लाग्छन् ।
निश्चय पनि आजको फुटबलमा शैली फेरिएको छ । अहिलेका प्रशिक्षकहरु बढी जसो ४-३-३ को सरंचनाको प्रयोग गर्छन् । अनि नम्बर दस भन्न सकिने खेलाडीहरुको संख्या बढेको छ । भलै यी खेलाडीहरु पुरानो फुटबलको नम्बर दसको व्याख्या अनुसारका नहोलान । तर कुशलताको हिसाबमा अब्बल छन् । उदाहरणका लागि, लिभरपुलका रोर्बटो फिरिमिन्हो । जो नम्बर दस र ‘फल्स नाइन’ दुवै भूमिकामा उत्तिकै प्रभावशाली छन् । म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गर्डिओलाले केभिन डि ब्रुने र डेभिड सिल्भालाई प्राय सेन्ट्रल मिडफिल्डरका रुपमा प्रयोग गरेको देखियो । तर स्वभावतः दुबै खेलाडीहरु आफैमा नम्बर दस हुन् ।
हो यी उल्लेखित खेलाडीहरु आर्सनलका मेसुट ओजिल जस्ता आर्दश नम्बर दस होइनन् । सायद पछिल्ला वर्षहरुमा ओजिल भन्दा बढी आदश नम्बर दस देखिएको छैन । उनी मैदानको मध्यभागमा स्वतन्त्रतापूर्वक बल खेलाउँदै स्ट्राइकरका लागि पास मिलाउन खप्पिस छन् । तर उनी यो बाहेकको भूमिकामा भने प्रभावकारी देखिएका छैनन् । ओजिललाई ‘साइड फवार्ड’ वा सेन्ट्रल मिडफिल्डर बनाएर खेलाउनु भनेको उनको प्रतिभाको खेर फाल्नु हो । त्यसो त रोद्रिगेज यो सिजन एभरटनमा नम्बर दस भएर खेलिरहेका छैनन् । तर उनी टीमका लागि ‘साइड फर्वाड’ भएर खेल्दा पनि उत्तिकै प्रभावशाली देखिन्छन् । एनसिलोट्टी ‘सिरी ए’ मा हुदाँ ४-३-१-२ संरचनाको प्रयोग खुबै गर्थे । उनले भविष्यमा त्यही शैली एभरटनमा पनि प्रयोग नगर्लान भन्न सकिदैन । त्यसो भएमा रोद्रिगेजलाई एनसिलोट्टीले दुई स्ट्राइकर डोमिनिक कालर्भट लेविन र रिर्चालिसनको पछाडी खेलाउन सक्नेछन् ।
फुटबल सर्मथकहरु रिकेल्मी जस्ता खेलाडी देखिन छाडे भनेर गुनासो गर्छन् । १५ वर्ष अघि पनि नम्बर दस भएर खेल्ने खेलाडीको अभाव भयो भनेर बहस गरियो । अहिले पनि हामी त्यही बहसमा छौं । तर हामीले बिर्सन नहुने तथ्य के हो भने १५ वर्ष अघिको फुटबल खेल्ने शैली र अहिलेको शैलीमा ठुलो भिन्नता छ । त्यसकारण नम्बर दसको अभाव माथिको अहिलेको बहस, १५ वर्षको अघिको बहस भन्दा फरक कोणबाट हुनुपर्छ । सन् २००० को सुरुवातसँगै जोसे मौरिन्हो र राफाएल बेनिटेज जस्ता प्रतिभाशाली प्रशिक्षकहरुको आगमन भयो । तर उनीहरुले नम्बर दसको उपयोग कम गरे । हो, डेको र पाब्लो एइमर जस्ता खेलाडीहरुले ती प्रशिक्षकहरुको नेतृत्वमा नखेलेका होइनन् । तर जब उनीहरुलाई नम्बर दसका रुपमा मैदानमा उतारिन्थ्यो, तब बाँकी खेलाडीहरुलाई बढी नै रक्षात्मक हुन लगाइन्थ्यो । ताकि टीमको सन्तुलन नबिग्रियोस् ।
आजको आधुनिक फुटबलमा गर्डिओला र क्लप जस्ता आक्रामक खेल खेलाउने प्रशिक्षकहरुको प्रभाव छ । उनीहरु जस्तै बन्न खोज्ने नवप्रवेशी युवा प्रशिक्षकहरुको जमात छ । उनीहरु नम्बर दसको प्रयोग गर्ने र उसलाई टीमको आक्रामणको सम्पूर्ण जिम्मेवार सुम्पिने भन्दा पनि आक्रमक खेलाडीहरुको संख्या बढाउने र आक्रमणको स्रोत मजबुत बनाउनेमा ध्यान दिन्छन् । अहिलेका प्रशिक्षकहरु टीममा गोलको स्रोत धेरै होस भन्नेमा सचेत छन् । गएको दुई दशकमा नम्बर दसको अवसान भएको भनेर भनियो । त्यो बहस २०२० मा पनि जारी छ । नम्बर दशको अवसान भएकै हो त ? सायद । तर आधुनिक फुटबलमा नम्बर दसको आत्मा अरु खेलाडीमा बाढिएको छ । जिम्मेवारी बाढिएको छ । (दि एथलेटिकमा प्रकाशित आलेखको भावनुवाद इकागजका प्रबिनविक्रम कटवालले गरेका हुन् ।)
नोटः शिर्षक परिवर्तन गरिएको ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया