खेलकुद

क्रिष्टल प्यालेसले ब्राइटनलाई हरायो

इकागज |
फागुन ११, २०७७ मंगलबार ६:१६ बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई हराएको छ । सोमबार राती भएको खेलमा प्यालेसले ब्राइटनलाई २-१ गोल अन्तरले हराएको हो ।

प्यालेसको जितमा जिन मेटाटा र क्रिष्टियन बेनटेकले गोल गरे । जितपछि प्यालेस २५ खेलबाट ३२ अंकसहित लिगको १३ औँ स्थानमा उक्लिएको छ । हारेको ब्राइटन २६ अंकसहित १६ औँ स्थानमा छ । 



Author

थप समाचार
x