धोनीले आफ्नो करियर आइपीएलमा दर्शकका अगाडि खेलेर मात्र अन्त्य गर्नुपर्छ : भग
भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले गत अगस्टमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए । तर उनी घरेलु प्रतियोगितामा भने खेलिरहेका छन् । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा उनले चेन्नई सुपर किंग्सको नेतृत्व गरिरहेका छन् ।
कोभिड-१९ (कोरोना भाइरस) महामारीका कारण भारतमा राष्ट्रव्यापी लकडाउन भएपछि संयुक्त अरब इमिरेट्समा (यूएई) सारिएको आइपीएल दर्शकबिना रगंशालाहरूमा सञ्चालन भइरहेको छ ।
यसैबीच धोनीले अर्को वर्षको आइपीएल संस्करणमा पनि चेन्नईबाट नै खेल्ने निश्चित भइसक्यो । तर भारतीय सञ्चार माध्यमहरूमा आएका रिर्पोटहरूका अनुसार सन् २०२१ को आइपीएल पनि युएईमै हुने सम्भावना बढेको छ । त्यतिबेला पनि दर्शकबिना नै प्रतियोगिता सञ्चालन हुने हो की भन्ने चिन्ता बढिरहेको छ । त्यसो हुदाँ धोनीले अर्को सिजन पनि दर्शक बिना नै खेल्नु पर्ने हुन्छ ।
यसै परिपेक्षमा इंग्ल्यान्डका पूर्वकप्तान माइकल भगले धोनीले आइपीएलमा आफ्नो करियरको अन्त्य दर्शकबिनाको प्रतियोगिता खेलेर गर्न नहुने बताएका छन् । ‘धोनीले आइपीएलमा आफ्नो करियर दर्शकका अगाडी खेलेर मात्र अन्त्य गनुपर्छ । त्यसका लागि उनले सन् २०२२ को आइपीएल नै पर्खिनु पर्ने किन नहोस,’ भगले क्रिकबजसँग भने, ‘उनले २०२२ मा दर्शकले भरिएको रगंशालामा कमसेकम एउटा खेल खेलर मात्रै आइपीएलको यात्रामा पूर्णविराम लगाउनु पर्छ ।’
‘धोनी जस्ता प्रतिशाली खेलाडीको करियरको अन्त्य खाली रगंशालामा खेलेर हुनुहदैन । उनले हजारौ दर्शकले भरिएको रगंशालामा खेलेर बिदा माग्नुपर्छ । उनले अन्तराष्ट्रिय क्रिकेटबाट बिदा माग्दा पनि रगंशालामा दर्शक थिएनन् । आइपीएलबाट उनले बिदा माग्दा रगंशाला भरिएको हुनुपर्छ,’ भगको भनेका छन् । यस पटकको आइपीएल यात्राको अन्त्य चेन्नईले आइतबार किंग्स इलेभेन पन्जाबलाई पराजित गर्दै गर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया