खेलकुद

जिरउडको गोलले एथ्लेटिकोमाथि चेल्सीको जित

इकागज |
फागुन १२, २०७७ बुधबार ६:१९ बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा चेल्सी विजयी भएको छ । लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई १-० गोलले हराएको हो । चेल्सीलाई जिताउन एक मात्रै गोल ओलिभर जिरउडले खेलको ६८ औँ मिनेटमा गरे । उनले बाइसाइकल रुपमा आकर्षक गोल गरेका थिए । 

जितसँगै चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब उसले दोस्रो लेगमा एथ्लेटिकोको मैदानमा कम्तीमा बराबरी गर्नुपर्नेछ । यद्यपी पछिल्ला केही वर्षमा दुई पटक फाइनल पुगेर हारेको एथ्लेटिको बलियो टिम मानिन्छ । 



Author

थप समाचार
x