खेलकुद

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको संघर्षपूर्ण जित

इकागज |
फागुन १३, २०७७ बिहिवार ६:१८ बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडले संघर्षपूर्ण जित हात पारेको छ । बुधबार राती भएको लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा रियलले एटलान्टालाई १-० गोलले हरायो । रियललाई जिताउन फरल्याण्ड मेन्डीले विजयी गोल गरे ।


उनले खेलको ८६ औँ मिनेटमा गरेको गोल नै रियलका लागि विजयी सावित भयो । त्यसअघि १७ औँ मिनेटमा एटलान्टाका रिमो फ्रेलरले रातो कार्ड खाएर मैदान छाडेपनि १० खेलाडीमा सिमित घरेलु टोलीमाथि रियलले ठूलो दबाब बढाउन सकेन । 

पहिलो लेगमा १-० गोलको अग्रता बनाएको रियलले अब क्वाटरफाइनल पुग्न दोस्रो लेगमा बराबरी खेले पुग्नेछ । 


Author

थप समाचार
x