खेलकुद

आर्सनल युरोपा लिगको अन्तिम १६ मा

इकागज |
फागुन १४, २०७७ शुक्रबार ६:१८ बजे

काठमाडौँ : आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राती भएको दोस्रो लेगमा बेनिफिकालाई ३-२ गोलले हराउँदै समग्रमा ४-३ को जितसहित आर्सनल लिगको अन्तिम १६ मा पुगेको हो ।

आर्सनललाई जिताउन पिर्रे एमरिक आयुवामयाङले दुई तथा किरेन टिर्नीले गोल गरेका हुन् । बेनिफिकाका लागि डियगो गोन्काभ्स र राफाले गोल गरेपनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिलो लेगमा आर्सनले २-१ गोलले विजयी भएको थियो । 



Author

थप समाचार
x