खेलकुद

मोटेराको पिच जाँच्ने काम आइसीसीको हो, खेलाडीको होइनः इंगल्यान्ड कप्तान रुट

इकागज |
फागुन १४, २०७७ शुक्रबार १२:५४ बजे

काठमाडौँ: इंगल्यान्ड क्रिकेट टिमका कप्तान जो रुटले भारतविरुद्धको पराजयका कारण नरेन्द्र मोदी रंगशालाको पिच नभएको बताएका छन् । बिहीबारको पिंक बल टेस्टमा घरेलु टिम भारतसँग १० विकेटको हार ब्यहोरेपछि इंग्लिस कप्तान रुटको यस्तो भनाई आएको हो ।

यद्यपी रुटले मोटेराको पिच टेस्ट क्रिकेटका लागि उपयुक्त भएको वा नभएको भन्ने निक्र्योल अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) ले गर्नुपर्ने बताए । टेस्ट लामो ढाँचाको खेल भएकाले त्यसका लागि कुनै पनि पिच उपयुक्त नभए त्यसको जाँच अइसीसीले गर्नुपर्ने रुटको भनाई थियो ।  


‘मोटेराको पिचमा खेल्न सजिलो छैन । तर यो पिच उपयुक्त भएको नभएको भनेर खेलाडीले गुनासो गर्ने भन्दा पनि आइसीसीले जाँच गर्नुपर्ने हो । हामी खेलाडीको काम भनेको खेल्ने हो, पिच जस्तो सुकै होस,’ रुटले भने । 

इंगल्यान्डलाई हराउने क्रममा भारतले पाहुना टोलीलाई ८१ रनमा सिमित गरेको थियो । भारतविरुद्ध उत्कृष्ट बलिङ गर्दै आठ रन खर्चेर पाँच विकेट पलएपनि रुटले आफ्नो टिमको पराजय रोक्न सकेनन् । भारतीय टिमसँग पराजय ब्यहोरेसँगै इंगल्यान्डको विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल पुग्ने सम्भावना सकिएको छ ।  


Author

थप समाचार
x