गुजरातमा मोदीको रंगशाला राजनीति
काठमाडौँ : बिहीबार इंग्ल्याण्डका ब्याट्सम्यानहरूलाई घुँडा टेकाएर वाहीवाही बटुलेका भारतीय बलर स्थानीय सञ्चार माध्यममा छाए । सँगसँगै अर्का भारतीय पनि विश्वभरको सञ्चार माध्यममा हेडलाइन बने । त्यो पनि भारतीय टिमका लागि बलिङ नगरी । ती थिए, नरेन्द्र मोदी ।
भारतमा पहिलाबाटै राजनीतिकर्मी क्रिकेटसँग नजिक छन् । मुलुकभर लोकप्रिय रहेको यो खेलमा राजनीतिकर्मीको संलग्नताको इतिहास लामो छ । तर यसपटक मोदीले क्रिकेट राजनीतिलाई नयाँ विन्दुमा पुर्याए । विश्वकै ठूलो क्रिकेट रंगशाला नै आफ्नो नाममा राखिदिए । भारतीय राजनीतिक र आर्थिक व्यवस्थामाथि नियन्त्रण बढाउने अभिप्राय बोकेका मोदी र भारतीय जनता पार्टी (भाजपा) को क्रिकेट रुची अचम्मलाग्दो पनि होइन ।
नेसनल युनिभर्सिटी अफ सिगांपुरका रिसर्च फेलो रोनोजोय सेन रंगशालाको नामकरण भारतीय राजनीतिक व्यवस्थामा भाजपाले कसरी प्रभाव बढाउदैछ भन्ने उदाहरण भएको मान्छन् । उसो त मोदी आफैँ पनि गुजरातको क्रिकेटसँग नजिक रहेर काम गरेका ब्यक्ति हुन् ।
उनी कुनैबेला गुजरात क्रिकेट संघका अध्यक्ष थिए । त्यहीबेला हो, करिब ५० हजार दर्शक अट्ने मोटेरा रंगशालालई पुरै भत्काएर नयाँ बनाउने योजना बनेको । एक लाख दर्शक क्षमता अट्ने बनेको यो रंगशाला भारतका दुई ठूला कम्पनीसँग पनि जोडिएको छ । मोदीसँग नजिक रहेका मुकेश अम्बानी र गौतम अडानीको नाममा रंगशालाका दुई भाग नामकरण गरिएको छ ।
मोदीका मुख्य सहयात्री अमित शाहको पनि भारतीय क्रिकेटसँगको नाता चर्चा गर्न लायकको छ । शाहले मोदी पछि गुजरात राज्य र गुजरात क्रिकेट संघ हाके । उनै शाहका छोरा जय हाल भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) का सचिव छन् ।
विभिन्न धर्म, जात, क्षेत्रियतामा विभाजित भारतीय समाजलाई जोड्ने सेतु बनेको क्रिकेटलाई विजेपीको अभिभावक संस्था राष्ट्रिय स्वयसेवक संघले आलोचना नगरेको होइन । तर मोदी र शाह जस्ता नयाँ पुस्ताका नेता भने क्रिकेटको मामलामा स्वयवसेवक संघको पथमा अघि बढेनन् ।
फेरी मोदीतर्फ फर्किउ, अहमदाबादमा बनेको यो रंगशालालाई भाजपा समर्थकले मोदीले राखेको वाचासँग पनि जोडेका छन् । विश्वकै ठूलो क्रिकेट रंगशाला निर्माण गरेर मोदीले भारतमा विश्वस्तरिय पूर्वाधार बनाउन सम्भव छ भन्ने सन्देश दिएको उनीहरूको भनाई छ । यसले मोदीकै छबी पनि उच्च भएको टिप्पणी छ ।
तर मोदीका विपक्षी भने रंगशालाको नामाकरणले भारतीय प्रधानमन्त्रीको रिलायन्स र अडानी समूहसँगको नाता झन् प्रष्ट पारेको बताउँछन् । यसै सन्दर्भमा विपक्षी भारतीय कंग्रेसका नेता राहुल गान्धीले ट्वीट गर्दै भनेका छन, ‘मोदीको नाममा रंगशाला, अडानी र रिलायन्सको नाममा सोही रंगशालाको भाग अनि जय शाहले बीसीसीआइ चलाउने । कति सुन्दर तवरमा सत्य बाहिर आएको ?’
क्रिकेटको प्रभाव भारतमा कुन स्तरको छ भन्ने छर्लङ्गै छ । क्रिकेटको विश्वव्यापी अपिलले भारतीय नेताहरूलाई सो खेलसँग जोडिन बाध्य बनाएको तथ्य लुकेको छैन । विभिन्न धर्म, जात, क्षेत्रियतामा विभाजित भारतीय समाजलाई जोड्ने सेतु बनेको क्रिकेटलाई विजेपीको अभिभावक संस्था राष्ट्रिय स्वयसेवक संघले आलोचना नगरेको होइन । तर मोदी र शाह जस्ता नयाँ पुस्ताका नेता भने क्रिकेटको मामलामा स्वयवसेवक संघको पथमा अघि बढेनन् । क्रिकेटलाई साम्राज्यवादसँग जोडेनन् ।
भारतकै चर्चित अखबार दि हिन्दुसँग आवद्व पत्रकार महेश लाङ्गाले क्रिकेट सम्बन्धि रोचक प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘भारतीय क्रिकेट पैसा, शक्ति, प्रभाव र बलिउडको ककटेल हो,’ सायद यही कारणले पनि मोदी र शाह जस्ता शक्तिशाली नेता आफूले नभ्याउँदा, आफ्ना सहयोगीहरू मार्फत भएपनि भारतीय क्रिकेटमा प्रभाव जमाउन तल्लीन छन् ।
राजनीति गर्नेहरू क्रिकेट जस्तो लोकप्रिय खेलको व्यवस्थापनमा संलग्न हुँदा कैयौँँ भ्रष्टचारका तथ्य सार्वजनिक पनि भएका छन् । सन् १९५९ मै भारतका प्रख्यात ब्याट्सम्यान विजय मर्चेन्टले आफ्नो मुलुकको क्रिकेटमा राजनीति हाबी भएको प्रतिक्रिया दिएका थिए ।
यसबाट पनि के स्पष्ट हुन्छ भने भारतीय क्रिकेटमा राजनीति जोडिएको अहिले मात्रै होइन । सन् २०१७ मा भारतको सर्वोच्च अदालतले बीसीसीआइको व्यवस्थापन नयाँ तरिकाले गर्न आदेश दियो । मन्त्रीहरूलाई महत्वपूर्ण पद सम्हाल्न बन्देज लगायो । त्यस्तै अन्य अधिकारीका लागि कार्यकाल अवधिमा सिमा पनि तोकिदियो ।
अदालतको आदेशको बाबजुद पनि भारतीय क्रिकेट मुलुकको राजनीतिबाट टाढा रहने सम्भावना कम छ । इन्डियन प्रिमियर लिगको सुरुवात, यसको लोकप्रियता र बढ्दो व्यवसायीकरणले भारतीय राजनीतिमा रहेकाहरूको आँखा क्रिकेटबाट हट्ने सम्भावना छैन । भारतीय खेलकुदका विषयमा कलम चलाउने आयाज मेनन भारतीय क्रिकेटमा अथाह पैसा भएकाले यो खेल राजनीतिबाट घेरिएको टिप्पणी गर्छन् ।
मोदी अहमदाबादलाई क्रिकेट हब बनाउन चाहान्छन् भन्ने तर्क राख्छन्, उनका समर्थक । सिड्नी, लन्डन र मुम्बईमा भन्दा ठूलो रंगशाला अहमदाबादमा बन्नु त्यसै योजना अनुरुप भएको उनीहरू मान्छन् । तर फेरि पनि मोदीका विपक्षी फरक तर्क राख्छन् । मोदीले केन्द्रिय बजेटको प्रयोग आफ्नो छबी बलियो बनाउन प्रयोग गरेको विपक्षीको आरोप छ ।
उता बीसीसीआइका पूर्व महालेखा परिक्षक विनोद राय भने भारतीय क्रिकेट, राजनीतिकर्मीहरूको नियन्त्रणमा पुगि नसकेको बताउँछन् । उनी मोदी र शाहको नेतृत्वमा विश्वस्तरिय रंगशाला बन्नु सकारात्मक विकास भएको तर्क गर्छन् ।
त्यसो त भर्खरै पुनः निर्माण गरिएको यो रंगशाला सुरुबाटै भारतीय राजनीतिसँग जोडिँदै आएको छ । सन् १९८३ मा गुजरातमा कंग्रेस सरकार छँदा निर्माण गरिएको यस रंगशालालाई मोदी राज्य सरकारमा आएपछि नयाँ रुप दिने घोषणा गरियो । गुजरातमा तीन कार्यकाल मुख्यमन्त्रीको पदमा रहँदा रंगशाला पुननिर्माणले प्राथमिकता पायो ।
उनै मोदीले भारतीय प्रधानमन्त्रीको हैसियतमा अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत वर्ष यही रंगशालामा स्वागत गरे । त्यसबखत पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको रंगशालामा अहिले खेलका लागि पनि खुला गरिएको छ । यसै साता इंग्ल्यान्डविरुद्व खेलिएको तेस्रो टेस्ट नयाँ रंगशालामा खेलिएको पहिलो खेल हो ।
मोदी अहमदाबादलाई क्रिकेट हब बनाउन चाहान्छन् भन्ने तर्क राख्छन्, उनका समर्थक । सिड्नी, लन्डन र मुम्बईमा भन्दा ठूलो रंगशाला अहमदाबादमा बन्नु त्यसै योजना अनुरुप भएको उनीहरू मान्छन् । तर फेरि पनि मोदीका विपक्षी फरक तर्क राख्छन् । मोदीले केन्द्रिय बजेटको प्रयोग आफ्नो छबी बलियो बनाउन प्रयोग गरेको विपक्षीको आरोप छ । भारतीय अखबार दि इन्डियन एक्सप्रेसका स्तम्भकार सन्दिप द्विवेदी मोदीले भारतीय क्रिकेटलाई मुम्बईबाट मोटेरा पुर्याएको दाबी गर्छन् ।
उता मोदी सर्मथक भने यस्तो ‘सिफ्ट’ लाई स्वभाविक मान्छन् । ‘हाम्रा प्रधानमन्त्री तथा गृह मन्त्रीले गुजरातमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान बनाएका छन् । अब यहाँ जस्तोसुकै खेल पनि खेलाउन सकिन्छ । हामी लामो समयदेखि यो क्षणको प्रतिक्षमा थियौँ,’ नेरेन्द्र मोदी रंगशाला बाहिर भेट्टिएका २२ वर्षिय आदित्य मेहेता उत्साहित देखिए । (दी फाइनान्सियल टाइम्सबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया