खेलकुद

बुमराह भारतीय टिमबाट बाहिरिए

इकागज |
फागुन १५, २०७७ शनिबार १४:३१ बजे

काठमाडौँ: भारतीय क्रिकेट टिमका बलर जसप्रित बुहराहले इंगल्यान्डविरुद्धको चौँथौँ टेस्ट नखेल्ने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) का अनुसार बुमराहले मार्च ४ बाट सुरु हुने टेस्ट ब्यक्तिगत कारण देखाउँदै नखेल्ने भएका हुन् । 

बीसीसीआइले बुमराहको ठाउँमा अर्को खेलाडी नल्याउने पनि बताएको छ । बुमराहको अनुपस्थितीमा भारतीय क्रिेकट टिम १७ खेलाडीमा सिमित हुनेछ । बिहीबार मोटेरामा सम्पन्‍न अन्तिम टेस्टमा बुमराहले घरेलु समर्थकका अगाडि खेल्ने मौका पाएका थिए । इंगल्यान्डविरुद्वको सिरिजबाटै भारतीय टेस्ट टिममा पहिलो पटक मौका पाएका बुमराह चेन्‍नाईमा सम्पन्‍न पहिलो टेस्टमा चार विकेट लिएका थिए । दोस्रो टेस्टमा टिममा नपरेका बुमराहले तेस्रो टेस्टमा अपेक्षाकृत भूमिका पाएनन् ।  


बुमराहलाई रिलिज गरिएपछि भारतीय टिमको बलिङ विभाग उमेश यादव र मोहम्मद सिराज जस्ता पेसरहरुको भर पर्नेछ । अस्ट्रेलिया भ्रमणका क्रममा चोट बोकेका यादव फिट भएपछि इंगल्यान्डविरुद्धको तेस्रो टेस्टबाट फिर्ता बोलाइएका हुन् । त्यस्तै, भारतीय टिमसँग कुलदिप यादव र हार्दिक पान्ड्या पनि विकलपका रूपमा रहनेछन् ।   
 


Author

थप समाचार
x