खेलकुद

विश्‍व फुटबललाई दुःखी बनाउने ओस्कर

इकागज |
फागुन १६, २०७७ आइतबार ७:५ बजे

काठमाडौँ : प्रिमियर लिग क्लब चेल्सीले सन् २०१२ को ‘समर’ सरुवा बजारमा दुई जना प्लेमेकर अनुबन्ध गर्‍यो । पहिलो पटक च्याम्पियन्स लिग जिते लगत्तै किनिएका दुवै खेलाडी २० वर्षका थिए । युवा भएपनि पूर्ववर्ती क्लबमा नाम बनाइसकेका । 

दुईमध्ये एकलाई चेल्सीले लोनमा जर्मनी पठायो । चेल्सीले सोच्यो उनको वृत्ति विकास चेल्सीमै रहेर भन्दा अर्को लिगको क्लबमा खेलेर हुन्छ । अर्का प्लेमेकरलाई भने सिधै सिनियर टिममा बढुवा गरियो । जसले नयाँ सिजनको पहिलो खेलबाटै चेल्सी करियर सुरु गरे । 


अब ती दुईको परिचय खुलाउ । पहिलो प्लेमेकर अहिले प्रिमियर लिगमै छन् । तिनको नाम हो, केभिन डे ब्रुएना । जो म्यानचेस्टर सिटीको मात्रै होइन, बेल्जियम राष्ट्रिय टिमको समेत मुख्य खेलाडी हुन् । अर्का खेलाडी हुन्, ओस्कर । हो, ब्राजिलियन मिडफिल्डर ओस्कर । जसले डे ब्रुएना को भन्दा फरक बाटो लिए । 

सुरुवातमा चेल्सीले ओस्करलाई डे ब्रुएना भन्दा प्रतिभाशाली मानेको थियो । त्यसले उनलाई स्टाम्फोर्ड ब्रिजमै राखेर, डे ब्रुएनालाई लोनमा जर्मनी पठाएको । फुटबलमा अनुमान सधैँ कहाँ सफल हुन्थ्यो र । डे बु्रएनाले आफूलाई युरोपकै सर्वोत्कृष्ट खेलाडी मध्येको एकका रूपमा आफूलाई स्थापित गराउँदा, ओस्कर भने गुमनाम छन् । कमसेकम विश्‍व फुटबलमा चलेका फुटबलरहरूको सूची बनाउँदा ओस्करको नाम अट्दैन । ओस्कार ब्राजिलकै टिममा नपरेको पाँच वर्ष भइसक्यो ।
 
ओस्कर युरोपियन क्लब फुटबलबाट सन् २०१६ बाट हराए । त्यो वर्ष चिनियाँ क्लबहरू अथाह पैसा बोकेर युरोप छिरेका थिए । ओस्कार लगायतका धेरै खेलाडी चिनियाँ क्लबहरूको नजरमा थिए । चिनियाँ प्रस्ताव चेल्सीलगायतका क्लबले अस्विकार गर्न सकेकनन् । न त ओस्करले नै नाइ भने । 

साघांइ एसआइपीजीले ओस्करलाई सात कराड तीस लाख अमेरिकी डलरमा खरिद गरेको घोषणा गर्‍यो । ओस्करको तलब नै दुई करोड ६५ लाख (प्रति वर्ष) भएको रिपोर्ट आयो । चेल्सीमा पाइरहेको भन्दा कयौँ गुणा बढी तलब पाउने भएका ओस्करको प्रतिक्रिया थियो, ‘चीनबाट आउने प्रस्ताव खेलाडीले अस्विकार गर्ने प्रकारको हुँदैन ।’

ओस्कर युरोपियन क्लब फुटबलबाट सन् २०१६ बाट हराए । त्यो वर्ष चिनियाँ क्लबहरू अथाह पैसा बोकेर युरोप छिरेका थिए । ओस्करलगायतका धेरै खेलाडी चिनियाँ क्लबहरूको नजरमा थिए । चिनियाँ प्रस्ताव चेल्सीलगायतका क्लबले अस्विकार गर्न सकेकनन् । न त ओस्करले नै नाइ भने ।

यो प्रतिक्रियामा उभिएर ओस्करलाई गिज्याउनेको कमी थिएन । किनभने ओस्कारले चेल्सीमै औसत भन्दा निकै धेरै कमाइ गरिरहेका थिए । चेल्सी त्यसैपनि खेलाडीलाई धेरै तलब दिने क्लबका रूपमा परिचित छ । २५ वर्षकै उमेरमा चेल्सी जस्तो प्रतिष्ठित क्लब छाडेर पैसाका लागि चीन पुग्दा उनले अर्को पाँच वा छ वर्ष युरोपमा खेल्ने मौका गुमाउँदै थिए । जुन अवधिमा उनले कयौँ उपाधि जित्‍न सक्थे । साथै ठूलो रकम कमाउन सक्थे । अनि विश्वस्तरिय खेलाडीको परिचय जोगाउन सक्थे ।
   
ओस्करलाई उनकै तरिकाले सोच्दा भने ब्राजिलियन प्लेमेकर गलत थिएनन् । न त उनको बढी पैसा कमाउने इच्छालाई नै गलत भन्‍न मिल्थ्यो । ओस्कर तीन वर्षको छँदा उनको बुवाको निधन भयो । ओस्करकी आमा सुएलीले एक छोरा र दुई छोरीलाई कठिन तरिकाले हुर्काइन । ओस्करले आफ्नो विगतको भरमा कहिले पनि सान्तवना खोजेनन् । उनले सधैँभरी आफ्नो परिवारलाई सहयोग गर्ने मनसाय राखे । अनि फुटबल खेलको सहयोगमा कुनै ओस्करले आफ्नो परिवारका लागि अधिकतम धन जोड्न खोज्‍नु अपराध हो र ?

तर फेरि यो प्रश्न सोधिरहँदा, सँगै अर्को गुनासोको पनि सामना गर्नुपर्ने हुन्छ । फुटबल समर्थकबाट । ओस्कर जस्तो प्रतिभाशाली खेलाडी किन गुमनाम हुने बाटो तर्फ लागे ? उनी जस्तो विश्‍वस्तरिय प्रतिभा भएको खेलाडी २५ वर्षको उमेरमा प्रिमियर लिग छाडेर चीन पुग्नु भनेको फुटबल दुनियाँबाट हराउनु नै हो भन्‍ने तर्क प्रस्तुत गरिए । 

चेल्सीले ओस्करलाई खेल्ने मौका दिएर डे ब्रुएनालाई लोनमा पठाएको तथ्य बिर्सन नहुने धेरैको भनाई थियो । ओस्कर राम्रो खेलाडी भएकैले पहिलो सिजनमा ६० खेल खेल्न पाए । राफाएल बेनिटेजले युरोपा लिग जिताउँदा चेल्सीको महत्वपूर्ण खेलाडी रहे । जोसे मौउरिन्होको प्रशिक्षणमा इंग्लिस लिग जिते ।
  
सुरुवाती सफलतामा रम्दै आफूलाई थप बलियो बनाउनु पर्ने समयमा उनले चेल्सी छाड्ने इच्छा राखे । एथलेटिको म्याड्रिडदेखि युभेन्टससम्मका क्लबले उनलाई अनुबन्ध गर्न कुराकानी अघि बढाए । ती मध्ये कुनै पनि क्लबसँग जोडिएको भए, ओस्करले ब्रजिलको टिममा फिलिप्पे कुटिन्होले लिएको स्थान फिर्ता गराउन सक्थे । 

तर ओस्करले चीन जाने निर्णय लिए । सायद उनले सोचे चीन गए पनि युरोप फर्कने बाटो बन्द हुने छैन । किनभने यानिक कारास्को र पौउलिन्हो जस्ता खेलाडी चीन पुगरे फेरी युरोप फर्किसकेका थिए । ओस्करले पनि त्यही बाटो अपनाउने योजना बनाए । उनलाई चेल्सीले नभए कुनै अर्को ठूलो क्लबले स्वागत गर्ने अनुमान गर्न ग्राहो थिएन । 

ओस्कर फेरि युरोप नजान सक्छन् । उनले आफूलाई परिवर्तन नगराउन पनि सक्छन् । जुन फुटबल खेल मन पराउनेका लागि दुःखद हो । किनभने सन् २०१६ मा ओस्करले जुन उद्देश्यले युरोप छाडे, त्यसमा उनी सफल भइसके । 

ओस्करसँग आफ्नो योजना मुताबिक युरोप फर्कने समय अझै छ । झन अहिलेको समय त उनको लागि उपयुक्त छ । किनभने चिनियाँ फुटबलमा देखिएको उत्साह उस्तै रहन सकेको छैन । कोभिड-१९ को प्रभाव स्वरुप कयौँ चिनियाँ क्लबले बजेट घटाएका छन् । 

सन् २०१६ ताका चीन भित्रेका धेरै स्टारहरू त्यहाँबाट फर्किसकेका छन् । त्यसबखत चीन जाने स्टारहरूमध्येका ज्याकसन मार्टिनेजले सन्यास लिइसके । चेल्सीकै पूर्वखेलाडी रामिरेस क्लबविहिन छन् । एलेक्स टक्सेरा पनि चीन बसाई लम्बाउने ध्ययमा छैनन् । 

२९ वर्षीय ओस्करको साघांइसँगको सम्झौता सकिएको छैन । चिनियाँ लिगमा ९१ खेलमा २९ गोल गर्दै ६१ असिस्ट दर्ता गरेका ओस्कर युरोप फर्कन योग्य छन् । उनलाई युरोप फर्काउन कुनै क्लबले चाहे, असम्भव छैन । यस्तो जोखिम लिन कुनै क्लब अगाडि आउन पनि सक्छन् । तर ओस्करलाई युरोप फर्काउन कुनै व्यवधानको सामना गर्नु नपर्ने भने होइन । ओस्कर चीनमा रमाइरहेका खेलाडी हुन् । अनि उच्च स्तरका विपक्षी सामना गर्नुनपर्दा ओस्करको खेल क्षमतामा ह्रास आएको तथ्यलाई नर्कान सकिने अवस्था पनि छैन ।  
 
त्यसो त ओस्कर फेरि युरोप नजान सक्छन् । उनले आफूलाई परिवर्तन नगराउन पनि सक्छन् । जुन दुःखद हो । फुटबल खेल मन पराउनेका लागि । उनको आफ्नो लागि होइन । किनभने सन् २०१६ मा ओस्करले जुन उद्देश्यले युरोप छाडे, त्यसमा उनी सफल भइसके । अथवा भइरहेका छन् । 

उनले आफ्नो करियरमा चाहेको उपलब्धि हासिल गरेका छन् । त्यसकारण उनी युरोपमा नाम चलेको क्लब नर्फकदा दुःखी हुने छैनन् । दुखी त उनको खेल मन पराउने समर्थक हुनेछन् । जसले एक दक्षिणी अमेरिकी प्रतिभा विश्वस्तरीय खेलाडीमा रूपान्तरित हुन नसकेको दुःखद परिस्थतीको साक्षी बन्नु परेको छ । (न्यूयोर्क टाइम्सबाट)  


Author

थप समाचार
x