खेलकुद

लेस्टरमाथि आर्सनलको प्रभावशाली जित

इकागज |
फागुन १६, २०७७ आइतबार १९:५७ बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोलले हराएको हो । आर्सनललाई जिताउन डेभिड लुइज, अलेक्जान्द्रे लाकाजेट्टी र निकोलस पेपेले गोल गरे । लेस्टरका लागि युरी टेलिमन्सले एक गोल गरे ।

पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको आर्सनललाई यो जितले राहत दिएको छ । जितसँगै आर्सनल ३७ अंकसहित प्रिमियर लिगको नवाँैँ स्थानमा उक्लिएको छ । हार व्यहोरेपनि लेस्टर भने ४९ अंकसहित तेस्रो स्थानमा छ । 



Author

थप समाचार
x