खेलकुद

चार हारपछि लिभरपुलको जित, शेफिल्डलाई हरायो

इकागज |
फागुन १७, २०७७ सोमबार ६:३१ बजे

काठमाडौँ : प्रिमियर लिगमा लिभरपुलले शेफिल्ड युनाईटेडलाई हराएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० गोलले हराएको हो ।

लिभरपुलको जितमा कर्टिस जोन्सले गोल गरे । शेफिल्डका किन ब्रायनले आत्घाती गोल गरे । पछिल्ला पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो । उसले लिगका महत्वपुर्ण चार खेलमा हार व्यहोर्दै आएको थियो ।


जितपछि लिभरपुल २६ खेलबाट ४३ अंकसहित लिगको छैटौ स्थानमा छ । शेफिल्ड भने पुछारमा छ । 


Author

थप समाचार
x