खेलकुद

सिरी ए : एसी, इन्टर मिलान, एटलान्टा र नेपोलीको जित

इकागज |
फागुन १७, २०७७ सोमबार ७:४१ बजे

काठमाडौँ : इटालिएन सिरी ए फुटबलमा शीर्ष स्थानका तीन क्लबले शानदार जित निकालेका छन् । आइतबार राती भएका खेलमा एसी मिलान, इन्टर मिलान र नेपाली विजयी भएका हुन् ।

शीर्ष स्थानको इन्टरमिलानले जेनोआलाई ३–० गोलले हरायो । उसका लागि लुकाकु, डार्मिन र सान्चेजले गोल गरे । एसी मिलानले भने रोमालाई २-१ गोलले हराउन सफल भयो । एसी मिलानका लागि फ्रान्क र रेबिचले गोल गरे । रोमाका लागि भेरेटटले एक गोल फर्काए ।


यस्तै अर्को खेलमा नेपाली र एटलान्टा पनि विजयी भए । नेपोलीले बेनेभेन्टो र एटलान्टाले साम्पाडोरियालाई समान २-० गोलले हराएका हुन् । जितसँगै इन्टर मिलान २४ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५२ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

यस्तै ४६ अंकसहित एटलान्टा चौथो स्थानमा उक्लिदा नेपोली भने ४३ अंकसहित छैटौँ स्थानमा छ । 


Author

थप समाचार
x