खेलकुद

ठूला टिमलाई जित्‍न नसक्ने म्यानचेस्टर युनाइटेड

इकागज |
फागुन १७, २०७७ सोमवार ११:३३ बजे

काठमाडौँ: चेल्सीसँग आमनेसामने हुनुभन्दा अगाडि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफूहरूले ठूला टिमसँगको प्रदर्शनमा सुधार गर्नपर्ने बताएका थिए । लिग जित्‍ने हैसियत बनाउन शीर्ष टिमहरूलाई हराउनु पर्ने उनको भनाइ थियो । 

तर सोल्स्यारको अभिब्यक्ति उनकै खेलाडीहरूले सुनेको देखिएन । किनभने युनाइटेड फेरि शीर्ष ६ भित्र रहेको टिमसँग रोकियो । गत अक्टोबरमा टोटनहमसँग ६–१ ले हार ब्यहोरेयता युनाइटेडले पारम्पारिक प्रतिद्वन्द्वीहरू विरुद्ध गोल गर्न सकेको छैन ।


युनाइटेडले मार्चमा म्यानचेस्टर सिटीविरुद्व गोल गरेको थियो । जुन गोल नै प्रिमियर लिगका ‘बिग सिक्स’ भित्र रहेका टिमसँगको खेलमा गरिएको पछिल्लो गोल हो ।युनाइटेडले एक वर्षयता बलियो लय देखाएको छ । २० अवे खेलमा हारेको छैन । यद्यपि ठूला भनिएका टिम विरुद्व भने जित हासिल गर्न सकेको छैन ।  

चेल्सीसँगको बराबरीले युनाइटेडको लिग लिडरसँगको अंक दूरी बढेको छ । सिटीले २६ खेलबाट ६२ अंक बनाएको छ भने युनाइटेडको समान खेलबाट ५० अंक छ ।  


Author

थप समाचार
x