खेलकुद

कोहली क्रिकेट खेलको शिखरमा छन् : म्याक्सवेल

इकागज |
फागुन १७, २०७७ सोमबार १४:२२ बजे

काठमाडौँ: अस्ट्रेलियन अल-राउण्डर ग्लेन म्याक्सवेलले आफू विराट कोहलीसँग खेल्न उत्साहित रहेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करण रोयल च्यालेन्जर्स बेगंलोरबाट खेल्न लागेका म्याक्सवेलले भारतीय टिमका कप्तान कोहली क्रिकेट खेलको शिखरमा रहेको भन्‍न पनि भ्याए । 

पन्जाब किंग्सबाट रिलिज भएपछि म्याक्सवेल यसै महिना भएको आइपीएल अक्सनबाट कोहलीको कप्तानीमा रहेको बेगंलोरसँग आवद्व भएका हुन् । ‘म नयाँ यात्राका लागि उत्साहित छु । कोहलीले सबै फरम्‍याटको क्रिकेटमा राम्रो गरेका छन् । उनी यस खेलको शिखरमा छन् । भारतको कप्तानले धेरै दबाब सहनु पर्छ । उनले सबै प्रकारको दबाब सहेर पनि टिमलाई सफलता दिलाएका छन्,’ म्याक्सवेलले अस्ट्रेलियन एसोसियटेड प्रेससँग कुरा गर्दै भनेका छन् । 


अप्रिलको दोस्रो साताबाट सुरु आइपीएलमा कोहलीले बेगंलोरलाई बलियो नेतृत्व प्रदान गर्ने अपेक्षा गरेको पनि म्याक्सवेलले बताए । ‘म उनको खेल नजिकबाट नियाल्नेछु । खेल दौरान मात्रै होइन, अभ्यासमा पनि । अनि टिमलाई कसरी प्रभावकारी नेतृत्व प्रदान गर्ने भन्‍नेबारेमा पनि उनीबाट सिक्ने प्रयास गर्नेछु,’३२ वर्षीय म्याक्सवेलले भने । 


Author

थप समाचार
x