खेलकुद

रिसालु विराटले कसरी कमाए एक सय मिलिएन फ्यान ?

इकागज |
फागुन १८, २०७७ मंगलबार ७:४६ बजे

काठमाडौँ : पछिल्लो एक दशक यताकै सर्वोत्कृष्ट क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १०० मिलियन फ्यान फ्लोइङ पाएका छन् । सोमबार राती इन्स्टामा विराटका फ्यान १०० मिलिएन पुगेपछि उनलाई बधाईको ओइरो लागेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ट्वीट गर्दै विराट १०० मिलिएन फ्यान पाउने चौथो खेलाडी तथा समग्रमा सातौ व्यक्ति रहेको बताएको छ । जसमा तीन जना फुटबलर छन् । ती हुन्, मेस्सी, रोनाल्डो र नेयमार । 


रोनाल्डोका भने इन्स्टामा ५०० मिलिएन फ्लोअर छन् । त्यस्तै हलिउड अभिनेत्री किम कादर्शियन र ड्यानी जोनसनका पनि १०० भन्दा बढी फ्यान फ्लोइङ छन् ।

यो सूचीमा अब भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली समावेश भएका छन् । क्रिकेटमा रिसालु क्रिकेटरका रुपमा चिनिएका कोहली भारतीय अभिनेत्री अनुष्का शर्मासँग प्रेम र विवाह गरेपछि झन् चर्चामा आएका थिए ।

भारतीय क्रिकेटमा सचिन तेन्दुलकर र धोनी सर्वाधिक मन पराइने क्रिकेटर हुन् । उनीहरु शान्त र उत्कृष्ट छन् । उनीहरुका तुलनामा विराट रिसालु भएपनि उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको कमी छैन् । 


Author

थप समाचार
x