खेलकुद

‘कोहली र उनको टिमलाई भारतीय इतिहासकै उत्कृष्ट भन्‍ने बेला भएको छैन’

इकागज |
फागुन २०, २०७७ बिहीबार १७:२० बजे

काठमाडौँ : इंगल्यान्डका पूर्वखेलाडी ग्राएम स्वानले विराट कोहली नेतृत्वमा रहेको भारतीय क्रिकेट टिम भारतको इतिहासकै उत्कृष्ट टिम भइनसकेको बताएका छन् । पूर्वभारतीय कप्तान सुनिल भावस्करले अहिलेको टिम भारतीय इतिहासकै उत्कृष्ट भएको दाबी गरेपछि स्वानको यस्तो प्रतिक्रिया आएको हो । 

स्वानले काहेलीको कप्तानीमा रहेको भारतीय टिम भन्दा सन् २०१२ मा महेन्द्र सिंह धानी नेतृत्वमा रहेको टिम बलियो भएको धारणा व्यक्त गरे । गावस्करले अहिलेको भारतीय टिम सन् १९९० दशकको अस्ट्रेलियन टिम र सन् १९७० तथा १९८० दशकको वेस्ट इन्डिजसँग दाजेका थिए । तर स्वानले भने उल्लेखित टिमहरूसँग भारतीय टिमको तुलना गर्न हतारो गर्न नहुने बताए ।   


‘मैले सन् २०१२ मा भारतीय टिमविरुद्व खेलेको थियो । मेरो विचारमा त्यो टिम अहिलेको भन्दा बलियो थियो । हामीले कसरी त्यस टिमलाई हरायौँ, अहिले सम्झदा अचम्म लाग्छ । भोनी गज्जबका कप्तान थिए । तर अहिलेका कप्तान कोहलीलाई विश्व क्रिकेटकै सबैभन्दा सफल कप्तानहरूसँग दाँज्‍न हतार गर्नु हुँदैन,’ स्वानले भने । 

भारत हाल टेस्ट वरियतामा दोस्रो स्थानमा छ । अस्ट्रेलियासँगको टेस्ट श्रृङ्खला २-१ ले जितेपछि भारत वरियताको दोस्रो स्थानमा उकलेको हो । स्वानले भारतले पराजित गरेको अस्ट्रेलियन टिम बलियो नभएको पनि भन्‍न भ्याए । उनका अनुसार हालको अस्ट्रेलियन टिम पहिलेको भन्दा कमजोर रहेको उनको दाबी थियो ।

‘अहिलेको भारतीय टिम एकदम राम्रो छ । तर उनीहरुले पराजित गरेको अस्ट्रेलियन टिम पहिलेको जस्तो बलियो होइन । कोहलीको टोलीले सामना गरेको अस्ट्रेलिया, धोनी वा सचिन तेन्दुलकर नेतृत्वमा रहेको भारतीय टिमले सामना गरेको अस्ट्रेलिया जस्तो बलियो थिएन । कोहलीले टिमलाई बलियो नेतृत्व दिएका छन् । उनी इतिहासकै सर्वोत्कृष्ट कप्तान बन्‍न सक्छन् । तर अहिले नै उनलाई त्यो विशेषण दिन जायज होइन,’ स्वानले भने ।  


Author

थप समाचार
x