खेलकुद

भारत वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

इकागज |
फागुन २२, २०७७ शनिवार १७:३ बजे

काठमाडौँ: इंगल्यान्डको दोस्रो इनिङ एक सय ३५ रनमा सिमित हुँदा भारतले चौथौँ तथा अन्तिम टेस्टमा पाहुना टोलीलाई एक इनिङ र २५ रनले पराजित गरेको छ । इंगल्यान्डविरुद्वको श्रृङ्खलामा ३-१ ले जितेसँगै भारतले वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

अहमदाबादमा भारतीय टिम पहिलो इनिङमा तनि सय ६५ रनमा समेटिएको थियो । तर अक्सर पटेल र रविचन्द्र आश्विनले धारिलो बलिङ गरेपछि इंगल्यान्डले दोस्रो इनिङमा एक सय ३५ रन मात्रै बनायो । पटेल र आश्विनले समान पाँच विकेट लिए । 


‘पराजय पछि इंगल्यान्डका कप्तान जो रुटले भारत महत्वपूर्ण विभागमा बलियो सावित भएको स्विकार गरे । रिसभ पन्तले राम्रो इनिङ खेले । तर हामीले सोचे अनुसारको रन बनाउन सकेनौँ । भारतीय खेलाडीहरू घरेलु मैदानमा जितको हकदार थिए,’ रुटले भने ।  

शनिबार विहान वासिङ्टन सुन्दरको ९६ रनको मद्दतले भारतले तीन सय ६५ रन जोडेको थियो । त्यसअघि इंग्लिस टोलीले पहिलो इनिङमा दुई सय पाँच रन बनाएको थियो । 

भारतले दिनको सुरुवात गर्दा २९४/७ को अवस्थामा थियो । ब्याटिङ गरिरहेका सुन्दरले ६० तथा पटेलले ११ रन जोडेका थिए । त्यसपछि यी दुई ब्याट्सम्यानले भारतका लागि एक सय तीन रन थप गरे । पराजित इंगल्यान्डका लागि बेन स्टोक्सले चार विकेट हात पारे भने जेम्स एन्डरसनले तीन विकेट लिए ।

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको भारतले १७ खेलबाट पाँच सय २० अंक प्राप्त गर्‍यो । त्यस्तै भारतसँग च्याम्पियन्सिपको उपाधिका लागि भिड्ने न्यूजिल्यान्डको ११ खेलबाट चार सय बीस अंक रहेको छ । 


Author

थप समाचार
x