खेलकुद

फेरिएको म्यानचेस्टर डर्बीमा कीर्तिमानी सिटी र बलियो बन्‍न प्रयासरत युनाइटेड

इकागज |
फागुन २३, २०७७ आइतबार ६:४४ बजे

काठमाडौँ : यस सिजनको इंग्लिस प्रिमियर लिगको दोस्रो म्यानचेस्टर डर्बीमा आइतबार म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्दैछन् । गत डिसेम्बर १२ मा पहिलो म्यानचेस्टर डर्बी हुँदा दुई क्लब खराब लयमा थिए । युनाइटेड लिगको आठौँ स्थानमा थियो भने सिटी सहरी प्रतिद्वन्द्वी भन्दा एक स्थान तल ।

दोस्रो म्यानचेस्टर डर्बी हुनै लाग्दा भने लिग फरक अवस्थामा छ । सिटी २७ खेलबाट ६५ अंक सहित शीर्षस्थानमा छ भने युनाइटेड ५१ अंक बटुल्दै पेप ग्वार्डिओलाको टिमलाई पछ्याउने कोशिस गरिरहेको छ ।


ओले गनर सोल्स्यारको नेतृत्वमा लिग जित्ने सपना बोके पनि युनाइटेड दोस्रो स्थान प्राप्तीमै सन्तुष्ट हुने अवस्थामा छ । उता दोस्रो स्थानलाई सफलता नठान्‍ने सिटी ग्वार्डिओलाको प्रशिक्षणमा तेस्रो पटक लिग उपाधि उचाल्ने लक्ष्यमा छ । अनि, डर्बीमा युनाइटेडलाई पन्छाउने हो भने सिटी उपाधि दौडमा कसैले नभेट्ने स्थानतर्फ लम्कनेछ ।

सन् २०२० को अन्त्य हुँदै गर्दा सिटीले आफ्नो खराब लयलाई पनि तिलान्जली दियो । अंग्रजी नयाँ वर्षको सुरुवात देखि नै सिटी लिगको सबैभन्दा बलियो टिम बनेको छ । २८ खेलमा अपराजित छ । युनाइटेडलाई हराए सिटीले क्लबको इतिहासमै नयाँ कीर्तिमान राख्नेछ । सिटी त्यतिमै रोकिने छैन । अरु कीर्तिमान पनि त राख्नुछ । त्यसै पनि सिटीले इग्लिस फुटबलको शीर्ष श्रेणीका क्लबमध्ये लगातार २१ खेल (सबै प्रकारको प्रतियोगितामा गरी) जित्ने टिम बनेर कीर्तिमान राखिसकेको छ ।

युरोपका पाँच ठूला लिग खेल्ने क्लबमध्ये जर्मनीको बार्यन म्युनिख र रियल म्याड्रिडले पनि यस्तै कीर्तिमान राखेका छन् । बार्यनले लगातार २३ खेल जितेको थियो भने रियलले २२ खेलमा जित हासिल गरेको थियो । सिटी युरोपका परम्परिक शक्तिले राखेको कीर्तिमानको नजिक छ । प्रिमियर लिगमा लगातार १६ औँ जित दर्ता गर्दा सिटीले बार्यनले राखेको कीर्तिमान बराबरी गर्नेछ ।

फेरि अर्को कीर्तिमानको कुरा गरौँ । यसअघि सिटीले लगातार १८ लिग खेल जितेर इंगल्यान्डमा कीर्तिमान बनाएको थियो । तर यस्तो कीर्तिमान राख्‍ने सिटी एक्लो इंग्लिस टिम भने थिएन । लिभरपुलले पनि लिगमा लगातार १८ जित हासिल गरेको थियो । यसपटक सिटीसँग जितको सिलसिलालाई तन्काउने मौका छ ।

ओले गनर सोल्स्यारको नेतृत्वमा लिग जित्ने सपना बोके पनि युनाइटेड दोस्रो स्थान प्राप्तीमै सन्तुष्ट हुने अवस्थामा छ । उता दोस्रो स्थानलाई सफलता नठान्‍ने सिटी ग्वार्डिओलाको प्रशिक्षणमा तेस्रो पटक लिग उपाधि उचाल्ने लक्ष्यमा छ । अनि, डर्बीमा युनाइटेडलाई पन्छाउने हो भने सिटी उपाधि दौडमा कसैले नभेट्ने स्थानतर्फ लम्कनेछ ।

लिगमा खराब सुरुवात गरेको सिटी आखिरमा च्याम्पियन बन्‍ने र नयाँ कीर्तिमान बनाउने अवस्थामा कसरी आइपुग्यो ? उत्तर सजिलो छ, ग्वार्डिओला । जसले आफ्नो रणनीतिमा परिवर्तन गरे । जोआवो कान्सेलो र काइल वाल्करलाई ग्वार्डिओलाले रक्षात्मक फुलब्याक भन्दा पनि आक्रमक ‘विङ्ग ब्याक’ बनाएर खलाइरहेका छन् । जसका कारण सिटीले पहिलेको भन्दा बढी गोलका लागि अवसर सिर्जना गर्न सफल भइरहेको छ । 

सिटी रक्षापंक्तिमा पनि सम्हालिएको छ । प्रमाण ? सिटीले पछिल्ला १९ खेलमा सुरुवाती गोल खाएको छैन । अझ, केभिन डे बु्रएना र सर्जियो अग्वेरो जस्ता मुख्य खेलाडीहरु बिना नै ।  त्यसो त, युनाइटेडको लयमा एकरुपता नहुँदा र लिभरपुल त्रमशः फितलो देखिँदा, सिटीको आत्मविश्वास ह्वात्तै बढेको भन्‍न सक्ने ठाउँ पनि छ । 

चार वर्षमा तेस्रो पटक लिग उपाधि नजिक पुग्दा पनि ग्वार्डिओला फुर्केका छैनन् । उनी सिटीका खेलाडीहरूले खुशीयाली मनाउने बेला अझै भइनसकेको बताउँछन् । ‘बार्सिलोना र बार्यनमा हुँदा पनि मैले केही पटक लिग जिते । ती क्लबमा जस्तै सिटीका खेलाडीहरू पनि प्रतिभाशाली छन् । उनीहरु प्रतिभाशाली हुँदैन थिए भने हामी अहिलेको अवस्थामा हुँदैन थियौँ । तर हामीले खुशीयाली मनाउने भन्दा धैर्यता राख्‍ने समय हो यो,’ स्पेनी प्रशिक्षकको भनाई थियो ।

सिटीले लिगमा निरन्तर दबाब सिर्जना गर्दा युनाइटेड भने निर्णयक समयमा फितलो देखिँदै गएको छ । युनाइटेडले पछिल्ला पाँच लिग खेलमध्ये चारमा बराबरी खेलेको छ । गत साता क्रिस्टल प्यालेसले समेत युनाइटेडलाई बराबरीमा रोक्यो । तर यसो भनिरहँदा युनाइटेडले गएका २१ ‘अवे’ खेलमा अपराजित छ । जुन तथ्यका बारेमा ग्वार्डिओला जानकार छन् । फेरि इतिहाद रंगशालामा सोल्स्यारको रेकर्ड नराम्रो छैन । सन् २०१९ मा युनाइटेडको प्रशिक्षक बनेर आएयता उनले सिटीविरुद्व खेलेको दुवै अवे खेलमा जित हासिल गरेका छन् । 

युनाइटेड लिगको दोस्रो स्थानमा छ । तर युनाइटेडको लिग उप–विजेता बन्‍ने सम्भावना सुरक्षित भने छैन । युनाइटेडको पाँचौ स्थानमा रहेको एभरटनको अंक दुरी पाँच अंकको मात्रै छ । यस सन्दर्भमा सोल्स्यारले लिगको अन्त्यमा आफ्नो टिमको स्थान के हुने भन्‍ने बारेमा सोचिनसकेको बताए । ‘अहिलेका लागि हामी सिटीसँगको खेलमा केन्द्रित छौँ । इतिहादमा हुने खेल हाम्रो लागि परिक्षा हो । त्यसमा हामी सफल हुन चाहन्छौँ,’ सोल्स्यारले भने ।


Author

थप समाचार
x