खेलकुद

ललितपुर मेयर कप महिला क्रिकेट चैतमा

इकागज |
फागुन २६, २०७७ बुधबार ८:३ बजे

ललितपुर : ललितपुर मेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो ।

प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ  । सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ । टी-२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।
 


Author

थप समाचार
x