खेलकुद

जर्मन टिममा मुलरसँग खेल्ने सपना बोकेका मुसिआला

इकागज |
फागुन २७, २०७७ बिहीबार ६:४७ बजे

काठमाडौँ : केही साता अघि जमाल मुसिआला युरोपेली सञ्चार माध्यममा छाए । बार्यन म्युनिखका उदयीमान खेलाडी मुसिआलाले जर्मनीको राष्ट्रिय टोलीबाट खेल्ने घोषणा गरे । उनको त्यस निर्णय बारेमा जर्मनी, इंगल्यान्ड तथा फुटबल लोकप्रिय रहेको अन्य युरोपेली मुलुकका सञ्चार माध्यममा बहस भयो ।

उनै मुसिआला फेरी सञ्चार माध्यममा छाएका छन् । यसपटकको कारण भने रोचक छ । १८ वर्षीय बार्यन मुसिआलाले अभ्यासका बार्यनको ‘ट्रेनिङ कम्प्लेक्स’ पुग्‍न आमाको सहयोग लिने बताएर फुटबल सर्मथकको सहानुभुती बटुलेका छन् । आफ्नो चालक अनुमतीपत्र नभएका कारण आमाकै गाडीमा अभ्यास मैदान पुग्‍ने उनको भनाई छ । ‘म आमासँग ट्रेनिङ ग्राउण्ड पुग्छु । आमाको सहयोगले म खुशी छु । आशा छ मैले चाँडै नै गाडी चलाउन अनुमतीपत्र पाउनेछु,’ मुसिआलाले हाँस्दै भने ।


सानै उमेरमा बार्यनमा स्थापित भएका मुसिआलाले गत शुक्रबार मात्रै जर्मन च्याम्पियनसँग पहिलो सम्झौता गरे । बार्यनसँगको सम्झौतालाई उनले ‘बच्चै देखि देखेको सपना पुरा भएको’ भन्न भ्याए । १८ औँ वर्ष टेकेको केही साता नबित्दै उनलाई मुसिअलाले बार्यनसँग सम्झौता गरेका थिए । सम्झौता अनुसार मुसिअलाले वार्षिक ५० लाख युरो कमाउनेछन् ।

बार्यनमा प्रत्येक खेलाडीलाई क्लबको तर्फबाट कार उपहार दिईन्छ । मुसिअलाले पनि कार प्राप्त गर्नेछन् । तर उनले कुन कार पाउँछु भन्ने थाहा नभएको बताए । ‘मलाई जस्तो कार भए पनि हुन्छ । बस गुड्नु पर्‍यो । अनि त्यसमा राम्रो म्युजिक सिस्टम हुनुपर्‍यो । त्यती भए पुग्छ,’ मुसिआलाको भनाई थियो ।

बार्यनमा प्रत्येक खेलाडीलाई क्लबको तर्फबाट कार उपहार दिईन्छ । मुसिअलाले पनि कार प्राप्त गर्नेछन् । तर उनले कुन कार पाउँछु भन्ने थाहा नभएको बताए । ‘मलाई जस्तो कार भए पनि हुन्छ । बस गुड्नु पर्‍यो । अनि त्यसमा राम्रो म्युजिक सिस्टम हुनुपर्‍यो । त्यती भए पुग्छ,’ मुसिआलाको भनाई थियो ।

मुसिआलाले बार्यनका लागि यस सिजन २७ खेल खेलिसकेका छन् । उनले च्याम्पियन्स लिगमा लाजियोविरुद्वको जितमा गोल पनि गरे । जुन उनको करियरकै पहिलो च्याम्पियन्स लिग गोल थियो । जर्मन आमा र जाजेरियन मुलका बेलायती पिताका सन्तान मुसिआला चेल्सी एकेडेमीका उत्पादन हुन् । उनले इंगल्यान्डको युवा टोलीबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् । इंगल्यान्ड, जर्मनी र नाइजेरियामध्ये जुनसुकै टिमबाट पनि खेल्न पाउने मुसिआलाले अन्तिममा जर्मनी रोजे । 

आउँदो युरो कपबाट जर्मनीको प्रशिक्षकबाट राजिनामा दिने घोषणा गरिसकेका योकिम लोले मुसिआलालाई यसै महिना हुने विश्वकप छनौट खेलमा मौका दिने बताएका छन् । त्यस्तो मौका मुसिआलाको जर्मनीसँग उपाधि जित्ने सपना पुरा गर्न पहिलो खुड्किलो हुनेछ ।

अनि उनको अर्को सपना पनि छ । थोमस मुलरसँग जर्मन टिममा सँगै खेल्ने । तर मुलरलाई जर्मन प्रशिक्षक लोले अब राष्ट्रिय टोलीमा नबोलाउने निर्णय गरिसकेकाले मुसिआलाको सपना पुरा हुने सम्भावना कम छ । तर उनी आशावादी भने छन् । ‘आशा छ योकिम लोले आफ्नो निर्णय परिवर्तन गर्नेछन् । ता की म मुलरसँग जर्मन टिममा खेल्न सकुँ,’ मुसिआलाले भने ।


Author

थप समाचार
x