च्याम्पियन सातदोबाटो अन्तिम खेलमा पनि विजयी
काठमाडौँ : च्याम्पियन सातदोबाटो युथ क्लबले जितसहित 'बी' डिभिजनको समापन गरेको छ । लिगको अन्तिम खेलमा बिहीबार सातदोबाटोले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई १-० ले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोको जितमा माल्दिना आङथुपोले गोल गरे । 'ए' डिभिजनमा उक्लेको सातदोबाटोले जितसँगै ११ खेलबाट २८ अंक बनायो । लिगमा उप-विजेता बनेको खुमलटार युथ क्लबले २५ अंक बटुल्यो भने तेस्रो तथा चौँथो स्थानमा रहेका बासबाँरी क्लब र ब्याइज युनियनको क्रमशः २१ र १७ अंक रह्यो ।
च्यामिपयन सातदोबाटोले १५ लाख पुरस्कार प्राप्त गर्यो भने लिग उपविजेता खुमलटारले १० लाखमा चित्त बुझायो । तेस्रो र चौँथो स्थानका टोलीले क्रमशः आठ लाख र पाँच लाख प्राप्त गरे । लिगमा खुमलटारका अन्जल श्रेष्ठ र सविन केसी सर्वोत्कृष्ट गोलरक्षक र फरर्वाड घोषित भए । त्यस्तै, ब्याइज युनियनक शिव गुरुङ सर्वोत्कृष्ट रक्षक बने भने सातदोबाटोका दिनेश राई सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । सर्वोत्कृष्ट प्रशिक्षक सातदोबाटोकै सनोज श्रेष्ठ बने । सबैलाई २५ हजार नगद पुरस्कारले पुरिस्कृत गरियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया