खेलकुद

आयोजक ग्रामिण बहुउद्देश्यीय समाजलाई उपाधि

इकागज |
फागुन २८, २०७७ शुक्रबार ८:१० बजे

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्‍न खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजक समेत रहेको ग्रामिण बहुउद्देश्यीय समाज नेपालले जितेको छ । बिहिबार बागमती-४, झुरझुरे खेलमैदानमा भएको फाइनल खेलमा करौचे युवा क्लव बागमती-१ लाई आयोजकले ५-१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

खेलको म्यान अफ दी म्याच आयोजक समुहका जनक काकी घोषित भए ।  बलिदान सहिद स्मृति युवा क्लब झुरझुरेका बुद्ध बल हाईस्कोर घोषित भए भने आयोजक  समूहका प्रभाव पुलामी मगर उदयमान खेलाडि घोषित हुन पुगे ।


यस्तै करौजे युवा क्लबका दिपेश घले सर्बोत्कृष्ट खेलाडि घोषित भएका छन् ।  प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सापकोटाले पुरस्कार वितरण गरेका थिए । 


 


Author

थप समाचार
x